Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

कांग्रेस एकढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्छ : नेता कोइराला


२० ,असोज ,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस एकढिक्का भएर आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस गोरखा सहिदलखन–काठमाडौँ सम्पर्क समितिले विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले कांग्रेस एकढिक्का भएर अगाडि बढ्न आवश्यक रहेको बताए ।

“हामीले जनताका लागि सकारात्मक काम गर्दै गाउँमा आफ्ना साथीलाई पनि सम्झाउन सक्यौँ भने कसैले कांग्रेसलाई हराउन सक्दैन, हामी एकढिक्का हुन जरुरी छ”, उनले भने ।

नेता डा कोइरालाले अहिले देश अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको भन्दै सरकारले समय, परिस्थिति अनुसार जनताका पक्षमा काम गर्न आवश्यक रहेको बताए । वर्तमान परिस्थितिलाई कांग्रेसबाहेक अरुले सम्हाल्न नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले कांग्रेसलाई अगाडि बढाउनका लागि सबै एक भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।

कार्यक्रममा गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाईं, कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ, पूर्वसांसद प्रकाशचन्द्र दवाडीलगायतले गोरखामा कांग्रेसलाई बलियो बनाएर लैजानुपर्ने बताएका थिए ।


प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?