Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

खुला टेबलटेनिस हुने


जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता यही फागुनमा हुने भएको छ । यही फागुन २५ गतेदेखि हुने उक्त प्रतियोगितामा पुरुष/महिला सिङ्गल्स खुला, स्कुल, कलेज, भेट्रान, बहिरा, शारीरिक अपाङ्गता भएका, दृष्टिविहीन र खेल पत्रकार गरी ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो ।

अखिल नेपाल टेबलटेनिस सङ्घको वार्षिक कार्यक्रम अनुसार हुन लागेको उक्त प्रतियोगितामा करिब तीन सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

‘सबैका लागि टेबलटेनिस’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको पुरुष/महिला सिङगल्समा पहिलो हुनेले रू ५० हजार, दोस्रो हुनेले रू २५ हजार र तेस्रो हुनेले जनही रू १० हजार नगद पुरस्कार पाउने छन् । फागुन २९ गतेसम्म चल्ने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।


प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?