Trending
>>   जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकताः मन्त्री खड्का >>   चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस् >>   संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुकै कर्म र व्यवहारले कमजोर बनाइरहेको छः उपसभापति गुरुङ >>   मिडियालाई नियन्त्रण गर्ने नभइ स्वतन्त्रता र उत्तरदायित्वको सन्तुलन कायम गर्ने दिशामा विधेयक अगाडि लैजानुपर्छः सांसद… >>   विद्यालय शिक्षा विधेयक यथाशिघ्र पास गर्न एमाले सांसद गैरेको आग्रह >>   काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छः देउवा >>   अध्यक्ष ओलीको निर्देशनः पार्टी तोडफोड गर्ने तत्वबाट पार्टी जोगाउन एक हुनूस् >>   एमालेको पार्टी सदस्यता नविकरण २८ प्रतिशतले बढ्यो, मिसन ०८४ मा लाग्न ओलीको निर्देशन >>   काँग्रेस पुरानो हुनुमा गर्व छः महामन्त्री थापा >>   स्वास्थ्य मन्त्रालयमा प्रदीप पौडेलेको एक वर्षः शुरु भयो नागरिक आरोग्य कार्यक्रम
Logo
५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

नेप्सेमा चार दशमलव ५५ अङ्कको सुधार


नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज तीव्र उतारचढावकाबीच सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ विन्दुमा कायम भएको छ । एक हजार नौ सय ६३ को न्यूनतम विन्दुसम्म झरेको परिसूचक सम्हालिएर बजार बन्द हुने बेला केही अङ्कले बढेको हो । नेप्सेका अनुसार आज दुई सय ६२ वटा कम्पनीको ६५ लाख १५ हजार आठ सय ५२ कित्ता शेयर ५० हजार पाँच सय ३२ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५२ करोड ५० लाख ७१ हजार आठ सय बराबरको कारोबार भएको छ ।

आज बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक घटेको छ भने अरु समूहको उपसूचक बढेको छ । बैंकिङ समूह ११ दशमलव ९१, जीवन बीमा समूह १३ दशमलव ९६, उत्पादन समूह १४ दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह ३० दशमलव ५० अङ्कले घटेको छ । आज लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै एक सय आठ दशमलव ४५ अङ्कले बढेको छ । त्यस्तै विकास बैंक समूह ३० दशमलव २०, वित्त समूह २३ दशमलव ९०, होटल तथा पर्यटन समूह ७२ दशमलव २१ र जलविद्युत् समूह १८ दशमलव ८८ अङ्कले बढेको छ ।

त्यस्तै, लगानी समूह शून्य दशमलव ३९, निर्जीवन बीमा समूह २७ दशमलव ५९ र अन्य समूहको उपसूचक आठ दशमलव ३४ अङ्कले बढेको छ । आज विजया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता सात दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फन्ड–१ का लगानीकर्ताले प्रतिकित्ता सात दशमलव ८५ प्रतिशतका दरले गुमाएका छन् । आज हिमालय डिस्टिलरी लिमिटेडको सबैभन्दा धेरै रू १० करोड ५८ लाख ७० हजार बराबरको कारोबार भएको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?