Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

आइसिसी विश्वकप क्रिकेट : पाकिस्तानले नेदरल्यान्ड्सलाई दुई सय ८७ रनको लक्ष्य दियो


१९ ,असोज ,काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट २०२३ अन्तर्गत आज भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई जितको लागि दुई सय ८७ रनको लक्ष्य दिएको छ ।

भारतको हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८६ रनको योगफल बनायो । पाकिस्तानका विकेट किपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रनको योगदान दिए ।

रिजवानले ७५ बलमा ८ चौका प्रहार गर्दै ६८ रन बनाएका हुन् । त्यस्तै सकिलले ५२ बलमा ९ चौका र १ छक्काको मद्दतमा ६८ रन जोडे ।

त्यस्तै मोहम्मद नवाज ३९ रन जोडे । शादब खानले ३२, हरिस रौफले १६, इमाम उल हकले १५, शाहिन शाह अफ्रिदीले १३ रन बनाए । त्यस्तै कप्तान बाबर आजमले ५ रन जोडे ।

बलिङतर्फ नेदरल्यान्ड्सका बास डि लिडले ४ विकेट लिए भने कोलिन एकरम्यानले २ विकेट लिए । त्यस्तै अर्यान दत्त, लोगन भान बिक र पाउल भान मार्केनले समान एक एक विकेट लिए । नेदरल्यान्डस अहिले जवाफी व्याटिङमा उत्रेको छ ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?