Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
३ आश्विन २०८२, शुक्रबार
३ आश्विन २०८२, शुक्रबार

आइसिसी विश्वकप क्रिकेट : पाकिस्तानले नेदरल्यान्ड्सलाई दुई सय ८७ रनको लक्ष्य दियो


१९ ,असोज ,काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट २०२३ अन्तर्गत आज भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई जितको लागि दुई सय ८७ रनको लक्ष्य दिएको छ ।

भारतको हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८६ रनको योगफल बनायो । पाकिस्तानका विकेट किपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रनको योगदान दिए ।

रिजवानले ७५ बलमा ८ चौका प्रहार गर्दै ६८ रन बनाएका हुन् । त्यस्तै सकिलले ५२ बलमा ९ चौका र १ छक्काको मद्दतमा ६८ रन जोडे ।

त्यस्तै मोहम्मद नवाज ३९ रन जोडे । शादब खानले ३२, हरिस रौफले १६, इमाम उल हकले १५, शाहिन शाह अफ्रिदीले १३ रन बनाए । त्यस्तै कप्तान बाबर आजमले ५ रन जोडे ।

बलिङतर्फ नेदरल्यान्ड्सका बास डि लिडले ४ विकेट लिए भने कोलिन एकरम्यानले २ विकेट लिए । त्यस्तै अर्यान दत्त, लोगन भान बिक र पाउल भान मार्केनले समान एक एक विकेट लिए । नेदरल्यान्डस अहिले जवाफी व्याटिङमा उत्रेको छ ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?