Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

प्रधानमन्त्री प्रचण्डले पार्टी सचिव आचार्यलाई भेटेर स्वास्थ्य अवस्था बुझे


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा भर्ना भएर उपचाररत नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड आचार्यलाई भेट्न वीर अस्पताल पुगेका थिए । पार्टीको रुपान्तरण अभियान अन्तर्गत सुदूरपश्चिमका जिल्लामा क्रियाशील रहेको बेला आचार्य अस्वस्थ भएका थिए । मंगलबार अछामको साँफेबगरको कार्यक्रममा सहभागी हुन गएका बेला आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि बयलपाटा अस्पताल लगिएको थियो । त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरबाट बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज हुँदै बुधबार वीर अस्पताल ल्याएर भर्ना गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसारमा उनमा दायाँ भाग नचल्ने र बोली ननिस्किने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अहिले उनको रक्तचाप नियन्त्रणमा रहेको र उनको स्वास्थ्य खतरामुक्त रहेको स्रोतले बताएको छ । उनलाई केही दिन अस्पतालमै राखेर थेरापी लगायतका विधिबाट उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेपछि प्रधानमन्त्री प्रचण्डले उपचारमा सम्भव भएसम्मका सबै उपाय अपनाउन चिकित्सकहरुलाई भनेका थिए ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?