Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

विज्ञापन व्यवसायी पौडेलको ‘वेलकम आरोह अवरोह’ सार्वजनिक


१६ ,असोज ,काठमाडौँ । नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ ।

आत्मकथामा आधारित सो पुस्तकमा उनका आफ्ना भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजारलगायतका विषय समेटिएको छ ।

घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तकमा लेखक पौडेलले ऊ बेलाको काठमाडौँ उपत्यकाको भौगोलिक तथा सामाजिक अवस्थाको पनि चित्रण गरेका छन् ।

साथै पुस्तकमा नेपालमा नेपालमा विगत लामो समयदेखिको आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा प्रस्तुत गरिएको छ ।

विज्ञापन व्यवसायी एवं नेपाल विज्ञापन एजेन्सी व्यवसायी सङ्घको अध्यक्षसमेत रहेर काम गरिसकेका उनले पुस्तकमा व्यावसायिक जीवनका आरोह–अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा आफूले भोग्नुपरेका सफलता, असफताका कथाहरू पनि समेटेका छन् ।

लेखक पौडेलले विज्ञापन क्षेत्रमा नयाँपन ल्याउने आफ्नो प्रयाससँगै आफूले जाने भोगेका विषयवस्तुलाई सार्वजनिक गरी नेपालको सञ्चार तथा विज्ञापान क्षेत्रमा लागिरहेका र यस क्षेत्रमा लाग्ने आगामी पुस्ताले हासिल गर्नुपर्ने ज्ञानका कुरालाई पनि पुस्तकमा सकेसम्म समेटेको बताए ।

पुस्तकमा क्लिन फिडको अवधारणा, बाढीपीडितका लागि गरिएको पहिलो ‘एसएमएस क्याम्पियन’, भूकम्पका बेला विदेशमा रहेका नेपालीबाट एक डलर र स्वदेशमा रहेकाहरूबाट रु एक सय सङ्कलनको अवधारणा र यसले पुर्याएको सहयोगको प्रसङ्ग पनि राम्रोसँग उल्लेख गरिएको छ ।

यसैगरी तत्कालीन सञ्चारकर्मी (हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति) रवि लामिछानेसँगको सहकार्यमा टेलिभिजनमा भएको ‘म्याराथन टक सो’, ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियानमा १० लाख जनाको हस्ताक्षर सङ्कलन अभियान र सो हस्ताक्षरलाई संयुक्त राष्ट्रसङ्घमा बुझाइएको प्रसङ्ग पनि पुस्तकमा समेटिएको छ ।

यस आत्मकथामा लेखक पौडेलले कलाकारितादेखि विज्ञापन व्यवसायसम्मको आफ्नो जीवनको यात्रालाई रोमाञ्चक ढङ्गले समेटेका छन् ।

उनले आफ्नो व्यवसायका सिलसिलामा करिब छ सयभन्दा बढी विज्ञापन निर्माण गरेका अनुभवको बयान गरी पछिल्लो समयमा आएर फेरिएको विज्ञापन शैलीका बारेमा पनि उल्लेख गरेका छन् ।

लेखक पौडेलले पुस्तकको पहिलो प्रति सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि पुस्तक सार्वजनिक गरेका हुन् ।


प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?