Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

पोर्चुगलमा बस्ने नेपालीलाई नजिकका राजदूतावासबाट राहदानी प्रदान गरिने


नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीको लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ । उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली राजदूतावासबाट पनि राहदानी र कन्सुलर सेवा प्राप्त गर्न सक्नेछन् ।

हाल पोर्चुगलमा बस्दै आउनुभएका नेपाली नगारिकलाई राहदानी र कन्सुलर सेवा प्रवाहमा परेको कठिनाइका सम्बन्धमा परराष्ट्र मन्त्रालयको यही फागुन ३ गतेको निर्णय (परराष्ट्र मन्त्रीस्तरीय) ले नयाँ व्यवस्था गरिएको हो । राहदानीको लागि तोकिएको प्रक्रिया पूरा गरी र कन्सुलर सेवाको लागि खास गरी अधिकृत वारेसनामाको लागि भेटघाटको समय लिएर मात्र राजदूतावासमा जानुपर्ने पेरिसस्थित नेपाली दूतावासले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

पोर्चुगलको लिस्वनमा राहदानीको दरखास्त सङ्कलनका लागि राहदानी विभाग, काठमाडौँबाट एउटा टोली पठाउने निर्णय भइसकेको र सोका लागि आन्तरिक प्रक्रिया पूरा भई पोर्चुगल जाने मिति निश्चित भएपछि राजदूतावासले तत्सम्बन्धी विस्तृत विवरण उपलब्ध गराउने जनाइएको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?