Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन


१३ ,असोज ,लुम्बिनी । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालले छिमेकी मुलुक चीनबाट अपेक्षाकृत लाभ लिन चुकेको बताएका छन् । उनले चीन नेपालको असल र सहयोगी छिमेकी भए पनि नेपालले अपेक्षाकृत लाभ लिन नसकेको बताए ।

चीनको ७४औँ राष्ट्रिय दिवसका अवसरमा नेपाल–चीनमैत्री समाज लुम्बिनीले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा निरन्तरको राजनीतिक अस्थिरता, नेपाल–चीनबीच भएका सहमति कार्यान्वयन पक्ष कमजोर हुँदा र चीनको विश्वास जित्न नसक्दा सोचेअनुसार सहयोग र लगानी भित्र्याउन नसकिएको शेरचनले बताए ।

नेपालले एक चीन नीतिलाई कडाइका साथ पालना गर्नुपर्ने भन्दै शेरचनले अहिलेको आर्थिक सङ्कटबाट मुक्ति पाउन चीनको सहयोग लिन सरकार र दलहरूको ध्यान जानुपर्ने शेरचनले सुझाव दिए ।

नेपाल–चीनमैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले चीनसँग सरकारी तह र जनस्तरमा पनि सम्बन्ध विस्तार गरी नेपालमा चिनियाँ लगानी भित्र्याउन र १५ करोड चिनियाँ बौद्धमार्गीलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आकर्षित गर्न समाजले सरोकारवाला निकायसँग सहकार्य गरिरहेको बताए ।

अन्तक्र्रियामा लुम्बिनीस्थित चिनियाँ बिहारका भिक्षु, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्य, प्रा डा कपिलदेव लामिछाने, डा ऋषिराम शर्मा, डा सागर न्यौपाने, उद्योगीहरू उज्ज्वल कसजू, एजाज आलम, टङ्क पोखरेल, प्राज्ञ बुँद रानालगायतले चीनको राष्ट्रिय दिवसमा एक साता लामो बिदा हुने भएकाले त्यस अवधिमा चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन विशेष योजना र प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?