Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप शुक्रबारबाट


काठमाडौं । महिलास्वास्थ्य डटकमको आयोजनामा ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ शुक्रबार १२असोज बाट सुरु हुने भएको छ । ‘खेल खेलौ र स्वस्थ बनौ’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता काठमाडौंको धन्वन्तरी फुटसलमा दुई दिन सम्म चल्नेछ ।

प्रतियोगितामा उपत्यकाका २४ सरकारी तथा नीजि हस्पिटलको सहभागीता रहनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ।

प्रतियोगिताको विजेताले उपाधि सहित ४० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । उनीहरुले नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । फुटसल सम्पन्न गराउनका लागि मुख्य प्रायोजकमा एन्जिल फर्टिलिटी क्लिनिक छ भने प्रायोजक एनएमबी बैंक रहेको छ ।

हस्पिटल पार्टनरमा इशान बाल तथा महिला अस्पाताल ,बैकिङ पार्टनरमा,राष्ट्रिय वाणिज्य बैंक तथा मेडिकल पार्टनरमा बयोधा हस्पिटल रहेको छ । कार्यक्रमलाई नेपाल टेलिकम,नेपाल आयल निगम , खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजी,फार्म टु टेबलल अर्गानिक रेस्टुडेन्टले सपोर्ट गरेका छन् ।


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?