Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

पर्यटन क्षेत्रमा बढी योगदान गर्ने कम्पनी तथा व्यवसायी सम्मानित


काठमाडौं । एक वर्षको अवधिमा पर्यटन क्षेत्रमा बढी योगदान गर्ने कम्पनी तथा व्यावसायीलाई नेपाल सरकारले सम्मान गरेको छ ।

विश्व पर्यटन दिवसको अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सेभेन समिट ट्रेक्स प्रालि रहेको छ । यो कम्पनीले १ अगस्ट २०२२ देखि २०२३ अगस्टसम्म सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गरेको मन्त्रालयले जनाएको छ । यो कम्पनीले २३ लाख २२ हजार ६४ अमेरिकी डलर मुद्रा आर्जन गरेको थियो । सीता वर्ल्ड ट्राभल नेपाल प्रालि ट्राभल तथा टुर्समा बढी विदेशी मुद्रा भित्र्याएवापत सम्मानित भएको छ । यो कम्पनीले एक वर्षमा ३३ लाख ६१ हजार १३६ डलर भित्राएको थियो । एभरेष्ट हस्पिटालिटी एण्ड होटल तथा रिसोर्टतर्फ बढी विदेशी मुद्रा भित्र्याएवापत सम्मानित भएको छ । यो कम्पनीले एक वर्षमा ५० लाख ४१ हजार २३७ डलर भित्राएको देखिएको छ । पोखरा अष्ट्रालाई प्रालि साहसिक खेलतर्फ सम्मानित भएको छ । यो कम्पनीले एक वर्षमा ४४ हजार ३८८ अमेरिकी डलर विदेशी मुद्रा भित्र्याएको हो ।

एयरलाइन्स कम्पनीतर्फ नेपाल वायुसेवा निगम सम्मानित भएको छ । यो कम्पनले एक वर्षमा ८ करोड ४५ लाख ९ हजार ९३७ अमेरिकी डलर विदेशी मुद्रा नेपाल भित्र्याएको छ । आफ्नै रिसोर्ट परिसरमा उत्पादित माछा, तरकारी, सागपात र कुखुरा पालन गरी एग्रो टुरिजम प्रवर्द्धन गरेको लुम्बिनी ग्रीन रिसोर्ट शिवराज कपिलवस्तु समेत सम्मानित भएको छ । होमस्टेतर्फ अमलटारी होमस्टे नवलपरासी सम्मानित बनेको छ । विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल ९२ दिनमा आरोहण गरी कीर्तिमान राखेका क्रिष्टिन हारिला र लामा तेन्जान शेर्पा समेत यस वर्ष सरकारबाट सम्मानित भएका छन् ।


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?