Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

नयाँ विधान कार्यान्वयनमा जसपा


८ ,असोज ,काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपाल नयाँ विधान कार्यान्वयनमा लागेको छ ।

जसपाले केन्द्रीय समितिदेखि स्थानीय समितिसम्मका निष्क्रिय रहेका नेता, कार्यकर्ता छाँटेर विधानले व्यवस्था गरेबमोजिमकोे सङ्ख्यामा सङ्गठनलाई रूपान्तरण गर्दै गइरहेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार जसपाले करिब एक सय ५० को सङ्ख्यामा रहेको कोशी प्रदेश समितिलाई पुनःगठन गरी विधानबमोजिम ५१ सदस्यीय बनाएको र सातै वटा प्रदेशबाट केन्द्रीय सदस्यबारे जानकारी लिने र रिपोर्ट सङ्कलन गर्न थालेको छ ।

जसपाको विधानले एक सय ५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको छ । हाल पार्टीका चार सयको सङ्ख्यामा केन्द्रीय समिति रहेको र केन्द्रीय समितिबाट करिब दुई सय ५० केन्द्रीय सदस्य छाँटिने सो पार्टीले जनाएको छ ।

प्रदेशदेखि स्थानीय समितिले तीन महिने सङ्गठन विस्तार तथा अभिमुखीकरण अभियानको सिलसिलामा पुनःगठन र रूपान्तरण कार्यक्रममार्फत निष्क्रिय नेता कार्यकर्ताहरूलाई छाँट्ने काम गरिरहेका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?