Trending
>>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

भद्रपुर गोल्डकप : आर्मी सेमिफाइनलमा


झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपअन्तर्गत आजको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ । पाहुना टोली डु«क ल्हायुल एफसी भुटानलाई २–० गोलअन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलमा आर्मीका जितेन्द्र कार्की र सुशान्त चौधरीले एक–एक गोल गरे ।

सुरुआतमै गोल खाएपछि दबाबमा रहेको भुटान पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा क्वार्टरफाइनलबाटै घर फर्कनुपर्यो । जितसँगै आर्मीले फाइनल प्रवेशका लागि शनिबार सङ्कटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलको प्लेयर अफ द म्याच आर्मीका जितेन्द्र कार्की घोषित भएका छन् ।

उनले नगद रू २० हजार पुरस्कार पाए । भोलि (शुक्रबार)को खेल विभागीय टोली एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति सङ्घ ढाका बङ्गलादेशबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । गोल्डकपको विजेता टोलीले नगद रु १३ लाख र उपविजेताले नगद रु सात लाख पाउने छ ।


प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?