Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

भद्रपुर गोल्डकप : आर्मी सेमिफाइनलमा


झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपअन्तर्गत आजको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ । पाहुना टोली डु«क ल्हायुल एफसी भुटानलाई २–० गोलअन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलमा आर्मीका जितेन्द्र कार्की र सुशान्त चौधरीले एक–एक गोल गरे ।

सुरुआतमै गोल खाएपछि दबाबमा रहेको भुटान पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा क्वार्टरफाइनलबाटै घर फर्कनुपर्यो । जितसँगै आर्मीले फाइनल प्रवेशका लागि शनिबार सङ्कटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलको प्लेयर अफ द म्याच आर्मीका जितेन्द्र कार्की घोषित भएका छन् ।

उनले नगद रू २० हजार पुरस्कार पाए । भोलि (शुक्रबार)को खेल विभागीय टोली एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति सङ्घ ढाका बङ्गलादेशबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । गोल्डकपको विजेता टोलीले नगद रु १३ लाख र उपविजेताले नगद रु सात लाख पाउने छ ।


प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?