Trending
>>   आज मिति २०८२ साल भदौ ०२ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी >>   दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौंः मन्त्री न्यौपाने >>   ५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेनन् >>   प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ >>   साफ महिला यु–१७ च्याम्पियनसिप जित्छौंः प्रशिक्षक श्रेष्ठ >>   सडक सुरक्षाको दीर्घकालिन योजनाको काम सरकारले कहिलेदेखि थाल्छ:निशा डाँगी >>   आगामी वर्षदेखि नोटबाहेक सबै छपाई सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्छः सञ्चारमन्त्री >>   परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेट >>   सरकारका कदमहरु सुशासनका विरुद्धमाः माओवादी उपाध्यक्ष भुसाल
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

झापा भद्रपुर गोल्डकप : मछिन्द्र क्लब विजयी


मेची रङ्गशालामा जारी मुस्ताङ–भद्रपुर–झापा गोल्डपकको आजको खेलमा मछिन्द्र क्लब विजयी भएको छ । मछिन्द्र विजयीसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एक/एक गोल गर्नुभएको थियो ।

खेलमा सुरुआती अग्रता भने चर्च ब्वाइजले गरेको थियो । खेलको ५४औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुआती गोल गर्नुभयो । उहाँले गगनदीप सिंहको क्रसमा हेडमार्फत गोल गर्नुभएको थियो । यद्यपि खेलको अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्कायो । खेलको ८१औँ मिनेटमा सुजल श्रेष्ठले लामो फ्रिकिकलाई सिधैँ गोलमा परिणत गर्दै मछिन्द्रलाई खेलमा फर्काउनुभयो । खेललाई बराबरीमा फर्काएपछि उत्साहित मछिन्द्रका खेलाडीले लगत्तै अर्को गोल थपे । खेलको ८६औँ मिनेटमा घर्तीमगरले हेडरमार्फत गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गर्नुभयो ।

मछिन्द्रले फाइनल प्रवेशका लागि अब एपिएफ पुटबल क्लब र काउवार्न बजार प्रगति सङ्घ बङ्गलादेशबीचको विजेतासँग आइतबार खेल्ने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिनुभयो । बुधबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित हुनुभयो । उहाँले नगद २० हजार पुरस्कार पाउनुभयो । आइतबारदेखि सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको अध्यक्ष ढकालले बताउनुभयो ।


प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?