Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

ठाकुरबाबालाई खो–खोको उपाधि


भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले जितेको छ । स्थानीय सहिद स्मृति खेल मैदानमा मङ्गलबार सम्पन्न प्रतियोगितामा ठाकुरबाबाले उपाधिसहित रु एक लाख ५० हजार पुरस्कार हात पारेको छ । उक्त प्रतियोगितामा कीर्तिपुर नगरपालिका दोस्रो हुँदै रु एक लाख तथा कैलालीको धनगढी उपमहानगरपालिकाले रु ५० हजारसहित तेस्रो स्थान हासिल गर्यो ।

सङ्घीय सांसद एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रतियोगितामा विजयी टोलीका खेलाडीलाई पुरस्कार र ट्रफी प्रदान गर्नुभयो । विभिन्न जिल्लाका १३ नगरपालिका सहभागी नगरपालिकालाई नगरप्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले रु पाँच हजार पुरस्कारसहित मायाको चिनो प्रदान गर्नुभयो । सांसद सुवालले संविधानमा खेलकुदलाई मौलिक हकका रुपमा समावेश गर्नुपर्ने बताउनुभयो । सो अवसरमा नगरप्रमुख प्रजापतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय खो–खो खेलाडी उत्पादन गर्न सहयोग पुग्ने गरी प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य सिर्जना सैँजु, नगरपालिकाका उपप्रमुख रजनी जोशी, कीर्तिपुर नगरपालिकाका उपप्रमुख सुनिता शाक्यलगायतले खो–खो खेलको महत्वबारे चर्चा गर्नुभएको थियो ।


प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?