Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

काभ्रेका चार पालिका सम्मानित


१६ ,भाद्र ,धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गरिने मूल्याङ्कनमा यहाँका पालिकामध्ये पहिलो हुन सफल चार पालिकालाई सम्मान गरेको छ ।

समन्वय समितिको सातौँ जिल्ला सभाको अवसरमा गाउँपालिकाको तर्फबाट महाभारत र खानीखोला गाउँपालिका तथा नगरपालिकाको तर्फबाट धुलिखेल र बनेपा नगरपालिकालाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा आर्थिक वर्ष २०७८/७९ को नतिजामा जिल्लाका गाउँपालिकामध्य डाँडापारिस्थित महाभारत गाउँपालिका प्रथम र नगरपालिकामध्येमा धुलिखेल नगरपालिका प्रथम भएका थिए ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा आव २०७८/७९ मा गाउँपालिकामा डाँडापारिस्थित खानीखोला गाउँपालिका र नगरपालिकामा बनेपा नगरपालिका प्रथम भएका थिए ।

सम्मानप्राप्त गर्ने पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको टोलीलाई अर्थमन्त्री डा प्रकाशशरण महतले संयुक्तरुपमा सम्मानपत्र प्रदान गरे ।

जिल्लामा छ वटा नगरपालिका र सात वटा गाउँपालिका छन् । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जिल्ला समन्वय समितिले सम्मान गरेर जनसेवाको काममा थप ऊर्जा मिलेको बताए ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सातौँ जिल्लासभामा आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

जसमा जिल्ला समन्वय समितिबाट आव २०७९/८० मा सम्पादित १८ बुँदे महत्वपूर्ण कार्य, आव २०८०/८१ को लागि ५५ वटा प्रस्ताविक नीति कार्यक्रमका साथै २०७८/७९ को वित्तीय प्रगतिलगायतका प्रतिवेदन पेश गरेका थिए ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?