Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

इथियोपियाको अम्हारामा भएको झडपमा कम्तीमा १८३ जनाको मृत्यु


१३ भदाै, एजेन्सी । इथियोपियाको अम्हारामा भएको झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

इथियोपियाको अम्हारा क्षेत्रमा जुलाई यता भएका झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ।

छिमेकी क्षेत्र टिग्रेमा भएको विनाशकारी युद्धको अन्त्यपछि यस वर्ष उत्तरी क्षेत्रमा तनाव बढेको थियो जसमा अम्हाराका लडाकूहरू पनि सामेल भएका थिए।

‘इथियोपियाका केही क्षेत्रमा मानव अधिकारको अवस्था बिग्रँदै गएकोमा हामी निकै चिन्तित छौं,’ संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयकी प्रवक्ता मार्टा हर्टाडोले जेनेभामा पत्रकारसँग भने।

उनले प्रसङ्गलाई जोड्दै भने, ‘अम्हारा क्षेत्रमा इथियोपियाली सेना र क्षेत्रीय फानो मिलिशियाबीच झडप भड्किएपछि र अगस्ट ४ मा आपतकालीन अवस्थाको घोषणापछि स्थिति निकै खराब भएको थियो।’

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले सङ्कलन गरेको जानकारीअनुसार जुलाई यता भएका झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको छ।

छिमेकी टिग्रेमा भएको विनाशकारी युद्धको अन्त्यपछि उत्तरी क्षेत्रमा तनाव यस वर्ष बढेको थियो जसमा अम्हाराका लडाकूहरू पनि सामेल भएका थिए।

गत अप्रिलमा सङ्घीय सरकारले देशभरका क्षेत्रीय शक्तिलाई ध्वस्त पार्ने घोषणा गरेको थियो। यस घोषणाले उनीहरूको क्षेत्रलाई कमजोर पार्ने बताउँदै अम्हारा राष्ट्रवादीहरूले विरोध प्रदर्शन सुरू गरेका थिए।

जुलाईको सुरुमा राष्ट्रिय सेना र फानो भनिने स्थानीय लडाकूहरूबीच झडप भएको थियो, जसका कारण अगस्ट ४ मा अदिस अबाबाका अधिकारीहरूले छ महिनाका लागि आपतकालीन अवस्था घोषणा गरेका थिए।

हर्टाडोले भने, ‘यो स्थितिले अधिकारीहरूलाई अदालतको आदेश बिना संदिग्धहरूलाई पक्राउ गर्न, कर्फ्यु लागू गर्न र सार्वजनिक जमघटमा प्रतिबन्ध लगाउन व्यापक अधिकार दिएको छ।’


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?