Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

इथियोपियाको अम्हारामा भएको झडपमा कम्तीमा १८३ जनाको मृत्यु


१३ भदाै, एजेन्सी । इथियोपियाको अम्हारामा भएको झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

इथियोपियाको अम्हारा क्षेत्रमा जुलाई यता भएका झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ।

छिमेकी क्षेत्र टिग्रेमा भएको विनाशकारी युद्धको अन्त्यपछि यस वर्ष उत्तरी क्षेत्रमा तनाव बढेको थियो जसमा अम्हाराका लडाकूहरू पनि सामेल भएका थिए।

‘इथियोपियाका केही क्षेत्रमा मानव अधिकारको अवस्था बिग्रँदै गएकोमा हामी निकै चिन्तित छौं,’ संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयकी प्रवक्ता मार्टा हर्टाडोले जेनेभामा पत्रकारसँग भने।

उनले प्रसङ्गलाई जोड्दै भने, ‘अम्हारा क्षेत्रमा इथियोपियाली सेना र क्षेत्रीय फानो मिलिशियाबीच झडप भड्किएपछि र अगस्ट ४ मा आपतकालीन अवस्थाको घोषणापछि स्थिति निकै खराब भएको थियो।’

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले सङ्कलन गरेको जानकारीअनुसार जुलाई यता भएका झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको छ।

छिमेकी टिग्रेमा भएको विनाशकारी युद्धको अन्त्यपछि उत्तरी क्षेत्रमा तनाव यस वर्ष बढेको थियो जसमा अम्हाराका लडाकूहरू पनि सामेल भएका थिए।

गत अप्रिलमा सङ्घीय सरकारले देशभरका क्षेत्रीय शक्तिलाई ध्वस्त पार्ने घोषणा गरेको थियो। यस घोषणाले उनीहरूको क्षेत्रलाई कमजोर पार्ने बताउँदै अम्हारा राष्ट्रवादीहरूले विरोध प्रदर्शन सुरू गरेका थिए।

जुलाईको सुरुमा राष्ट्रिय सेना र फानो भनिने स्थानीय लडाकूहरूबीच झडप भएको थियो, जसका कारण अगस्ट ४ मा अदिस अबाबाका अधिकारीहरूले छ महिनाका लागि आपतकालीन अवस्था घोषणा गरेका थिए।

हर्टाडोले भने, ‘यो स्थितिले अधिकारीहरूलाई अदालतको आदेश बिना संदिग्धहरूलाई पक्राउ गर्न, कर्फ्यु लागू गर्न र सार्वजनिक जमघटमा प्रतिबन्ध लगाउन व्यापक अधिकार दिएको छ।’


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?