Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

नाडा अटोशोको तयारी पूरा, २० अर्बको कारोबार हुने अनुमान


११ ,भाद्र ,काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने नाडा अटोशो २०२३ को तयारी पूरा भएको छ ।

नाडाले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै अटोशोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

नाडाले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा १५ औँ अटोशो आयोजना गर्दैछ ।

नाडा अध्यक्ष डा धु्रवबहादुर थापाले अटोशोमा साना तथा ठूला गरी एक सय २० स्टल तथा ब्लक रहने जानकारी दिए ।

उनका अनुसार शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जा, राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक कम्पनीको सहभागिता रहेको छ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, सात वटा ब्राण्डका लाइट कमर्सियल मेहिकल, नौ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको जनाइएको छ ।

नाडा अटो एक्स्पो २०२३ मा विगतमा भन्दा उत्साहजनकरुपमा अटोमोबाइल कम्पनीको सहभागिता रहेको नाडाले जनाएको छ ।

नाडा अटो एक्स्पो २०२०, २०२१ र २०२२ कोभिड महामारीलगायत अन्य विभिन्न कारणबाट आयोजना हुन सकेको थिएन ।

लामो समयदेखि हुन नसकेकाले नाडा अटोशो २०२३ मा अटोमोबाइल कम्पनीको अत्यधिक सहभागिता रहेको नाडाले जनाएको हो ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?