Trending
>>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल
Logo
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

साम्प्रदायिकता मच्चाउन खोज्नेहरूबाट होसियार बनौँ – केपी ओली


१० भदाै, झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विभिन्न प्रकारका साम्प्रदायिकता मच्चाउन खोजिएको भन्दै यसमा सचेत हुन आग्रह गरेका छन् । उनले सबै प्रकारको विभेद र असमानताको अन्त्यको पक्षमा आफू र पार्टी रहेको जनाउँदै अशान्ति नमच्चाउन आग्रह गरे ।

दूई दिन अघिदेखि गृह नगर झापामा रहेका ओलीले कोशी प्रदेश नामकरण तथा पहिचानको नाममा भइरहेको आन्दोलन हिंसात्मकतर्फ उन्मुख भएको बताउँदै यसले कसैलाई पनि फाइदा नपुग्ने बताए । ढुङ्गा हान्ने र अशान्ति मच्चाउने कार्य रोकेर साझा पहिचानको पक्षमा उभिन म सबैलाई आग्रह गर्दछु, उनले भने ।

आपसमा मारामार गरेर कसैलाई फाइदा नपुग्ने उनको भनाई थियो । कुनै समस्या भएमा वा चित्त नबुझेमा छलफल र बहसमा आउनु पर्ने बतााए। “हामी सबै प्रकारका असमानता र विभेद समाजबाट अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्छौ । हरेकलाई सामाजिक न्याय र समानता प्राप्त हुनुपर्दछ”, ओलीले भने ।

पूर्व प्रधानमन्त्री ओलीले प्रदेशको नामकरण ‘कोशी’ राख्दा सबैको पहिचान समेटिएको दाबी गरे । नेपालको सबैभन्दा होचो स्थान कचनकवलदेखि लिएर सबैभन्दा अग्लो चुचुरो सगरमाथासम्म रहेको प्रदेशको नामकरणमा कुनै जाती विशेष र थर विशेषले गर्नु उपयुक्त नहुने भएकाले यो उपयुक्त नाम भएको जनाए ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?