Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

साम्प्रदायिकता मच्चाउन खोज्नेहरूबाट होसियार बनौँ – केपी ओली


१० भदाै, झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विभिन्न प्रकारका साम्प्रदायिकता मच्चाउन खोजिएको भन्दै यसमा सचेत हुन आग्रह गरेका छन् । उनले सबै प्रकारको विभेद र असमानताको अन्त्यको पक्षमा आफू र पार्टी रहेको जनाउँदै अशान्ति नमच्चाउन आग्रह गरे ।

दूई दिन अघिदेखि गृह नगर झापामा रहेका ओलीले कोशी प्रदेश नामकरण तथा पहिचानको नाममा भइरहेको आन्दोलन हिंसात्मकतर्फ उन्मुख भएको बताउँदै यसले कसैलाई पनि फाइदा नपुग्ने बताए । ढुङ्गा हान्ने र अशान्ति मच्चाउने कार्य रोकेर साझा पहिचानको पक्षमा उभिन म सबैलाई आग्रह गर्दछु, उनले भने ।

आपसमा मारामार गरेर कसैलाई फाइदा नपुग्ने उनको भनाई थियो । कुनै समस्या भएमा वा चित्त नबुझेमा छलफल र बहसमा आउनु पर्ने बतााए। “हामी सबै प्रकारका असमानता र विभेद समाजबाट अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्छौ । हरेकलाई सामाजिक न्याय र समानता प्राप्त हुनुपर्दछ”, ओलीले भने ।

पूर्व प्रधानमन्त्री ओलीले प्रदेशको नामकरण ‘कोशी’ राख्दा सबैको पहिचान समेटिएको दाबी गरे । नेपालको सबैभन्दा होचो स्थान कचनकवलदेखि लिएर सबैभन्दा अग्लो चुचुरो सगरमाथासम्म रहेको प्रदेशको नामकरणमा कुनै जाती विशेष र थर विशेषले गर्नु उपयुक्त नहुने भएकाले यो उपयुक्त नाम भएको जनाए ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?