Trending
>>   संसारभर छरिएका नेपालीलाई जोड्न कला र संस्कृतिको भुमिका महत्वपूर्णः सभामुख घिमिरे >>   ‘डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्नसक्ने व्यवस्था सकारात्मक’ >>   अन्याय भएको उजुरी लिएर निर्वाचन आयोग पुगे राप्रपा नेता गिरी >>   पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको भन्दै निर्वाचन आयोग पुग्यो रास्वपा >>   ‘स्थिर विनिमय दर यथावत राख्न आवश्यक’ >>   मिडिया काउन्सिल सरकारबाट पूर्णरूपमा अलग भएर बस्न सक्दैनः मन्त्री गुरुङ >>   सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने पत्रकारिता क्षेत्र आफैँ अराजक भए समाजलाई राम्रो गर्दैनः सांसद शर्मा >>   कानूनले मात्र सञ्चार क्षेत्रलाई नियमन र नियन्त्रण गर्न खोज्नु गलतः काँग्रेस सांसद भण्डारी >>   पर्यटक आउने क्रम बढेपनि होटलहरुको औसत क्षमता उपयोग घट्यो >>   मिडिया काउन्सिललाई स्वायत्त बनाउनु पर्छः सांसद पौडेल
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

नारायणगढ–मुग्लिन सडकः पहिरो पन्छाउन पाँच–छ घण्टा लाग्ने


५ ,भाद्र ,भरतपुर (चितवन) । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच/छ घण्टालाग्ने भएको छ ।

सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए ।

“हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्छ सक्छ”, उनले भने ।

रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

उनका अनुसार चार मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन् ।

रातभर काम निरन्तर भएको तामाङले बताउनुभयो । गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन् ।

ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेल अनुरोध गरे ।

उनले काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?