Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

बालबालिकाका क्षेत्रमा लगानी घटाउन हुन्न : उपसभामुख राना


३ ,भाद्र ,काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले बालबालिकाका क्षेत्रमा राज्यको लगानी घटाउन नहुने बताएकि छिन् ।

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को २१औँ स्थापना दिवस र साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले राष्ट्रिय बाल कल्याण परिषद्को बजेट कटौती भएको भन्दै चिन्ता व्यक्त गरिन् ।

उपसभामुख रानाले सडक बालबालिकाको उद्धार, राहत र पुनःस्थापनाका साथै बालविवाहको अन्त्य र उनीहरुको शिक्षा तथा पोषणमा सरकार र गैरसरकारी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिईन् ।

उनले ‘सिजप दुई दशक’ पुस्तकको लोकार्पण पनि गरिन् ।

परिषद्का सदस्य सचिव इन्द्रदेवी ढकालले बालबालिकाका क्षेत्रमा गर्नुपर्ने कामका लागि स्रोत र साधनको पर्याप्तता नभए पनि आफूहरुले सक्दो प्रयास गरेको बताईन् ।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य गौरी प्रधानले अभियानलाई परियोजनाका आधारमा नभई वास्तविक अभियानका रुपमा सञ्चालन गर्न आग्रह गरिन ।

सिजपका अध्यक्ष राजेश शर्माले बालअधिकारका क्षेत्रमा खबरदारी र नीतिगत पैरवी गर्ने सञ्जालका रुपमा अभियानलाई अगाडि बढाइने बताए ।

कार्यक्रममा सो अभियानका पूर्वअध्यक्ष र संस्थापकलाई सम्मान गरिएको थियो । साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?