Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ : महामन्त्री थापा


३ भदाै, झापा । नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश विकासका लागि योजना दिने राजनीतिज्ञ आवश्यक रहेको औँल्याएका छन् । नेपाल विद्यार्थी सङ्घ झापाअन्तर्गत कनकाइ र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

“हामीलाई समस्या मात्रै देखाउने मान्छे चाहिएको छैन”,नेन्नुभयो, “दिगो विकास विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ, समस्या त जसले पनि औँल्याउन सक्छ ।” महामन्त्री थापाले युवा पुस्ताबाट देशलाई समृद्ध बनाउने योजना आउने विश्वास व्यक्त गर्दै मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन २० वर्षे योजना तयार गर्नुपर्नेमा जोड दिए ।

नेपालको जनसङ्ख्यालाई आङ्कलन गर्दा अबको २० वर्षमा मुलुक बुढो हुने भएकाले विकास सम्भव नहुने उनको भनाइ थियो । जापान, कोरिया जस्ता देशले जवान छँदै आर्थिक समृद्धि प्राप्त गरेका बताउँदै उनले भने, “समयमै मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सके मात्रै दिगो विकास हासिल गर्न सकिन्छ ।”

नेविसङ्घ एउटा स्कुल भएकाले यहाँ सिक्नुपर्ने थुप्रै सामाग्री ‘कन्टेन्ट’ रहेको बताउँदै थापाले चेतना र समृद्धिको राजनीतिमा लाग्न सबैलाई आग्रह गरे । नेविसङ्घ कनकाई इकाइ समिति अध्यक्ष किरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेविसङ्घ झापा सभापति सञ्जय निरौलाले स्वागत गरेका थिए। कार्यक्रम  सञ्चालन भने गोकुल पौडेल र गृष्मा सापकोटाले गरेका थिए ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?