Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट प्रधान र खरेल पुरस्कृत


२ ,भाद्र ,काठमाडौँ । राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ट गायक प्रेमध्वज प्रधान र वरिष्ठ गीतकार यादव खरेल पुरस्कृत भएका छन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा आज आयोजित ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण, राष्ट्रिय महाअधिवेशन’ कार्यक्रममा जनही नगद रु २१ हजारसहित खरेल र प्रदान पुरस्कृत भएका हुन् ।

अनेसास विशिष्ट सम्मानबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सम्मानित भएका छन् भने पुरस्कार संस्थापक गीतकार उन्नतिशीला बोहरा, अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्वअध्यक्ष गीता खत्री, निर्वतमान अध्यक्ष प्रकाश पौडेल माइलालाई कदरपत्र प्रदान गरिएको छ ।

अनेसास भानु विशेष सम्मानबाट भानु प्रतिष्ठान, आनेसास भानु सम्मानबाट डा देवी नेपाल, बलराम दाहाललगायत सम्मानित भएका छन् ।

रमेश दाहाल, नेपाल संस्कृत विश्वविद्यालय, ठाडो भाका लोककला प्रतिष्ठान, जनकपुर उपमहानगरपालिका, गोरखकाली नगरपालिकालाई कदरपत्र प्रदान गरिएको छ ।

त्यस्तै अनेसास डायस्पोरा सम्मानबाट प्रगति राई सम्मानित भएका छन् । कार्यक्रममा नेपाली साहित्यको प्रवर्द्धन, विस्तारमा अनेसासको भूमिका महत्त्वपूर्ण रहँदै आएको वरिष्ठ साहित्यकार प्रा डा बासुदेव त्रिपाठीले बताए ।

“विश्वमा प्रतिष्ठित, गौरवमय नेपाली भाषा विश्वव्यापीरूपमा छरिएर रहेका नेपालीलाई नेपाली कला, साहित्य, संस्कृति, सभ्यतासँग जोड्न अनेसासको मञ्च गरिमापूर्ण रहेको छ”, उनले भने ।

राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट सम्मानित खरेलले संसारभर छरिएर रहेका नेपालीलाई जोड्ने माध्यम नेपाली भाषा रहेको बताए । रुखको जरासरह आफ्नो मातृभाषाको महत्त्व हुनाले अनेसासले यसको संरक्षणको निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

अनेसासका सल्लाहकार प्रतीक ढकालले अबको नेतृत्व साहित्य क्षेत्रमा मात्र अब्बल नभई एउटा आमाको दायित्व निर्वाह गर्न सक्ने चयन हुनुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख खगेन्द्रप्रसाद लुइँटेलले अनेसासको नेतृत्व राजनीतिक पहुँच, गुटका आधारमा चयन नभई स्वच्छ, निष्पक्ष र तटस्थ हुनुपर्ने बताउँदै नेपाली भाषा, साहित्यको प्रवर्द्धन गर्ने नेतृत्वलाई विभागले साथ दिने बताए ।

त्यस्तै अनेसासका अध्यक्ष सन्ध्या पहाडीले जहाँ–जहाँ नेपाली त्यहाँ नेपाली कला संस्कृति जगाउने गरी च्याप्टरले तीन दशकदेखि विश्वव्यापीरूपमा भूमिका निर्वाह गर्दै आएको बताए ।

कार्यक्रममा अनेसासका आजीवन सदस्य लेखक ध्रुव खनालको ‘नयनको बस्ती’ कथा सङ्ग्रह पुस्तक लोकार्पण भएको थियो ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?