Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

‘सम्पदा क्षेत्रमा राजनीति नगरौँ’


१ ,भाद्र ,काठमाडौँ । प्रतिनिधिसभाका सांसद बिराजभक्त श्रेष्ठले सम्पदा क्षेत्रमा राजनीति गर्नु नहुने बताएका छन् ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले आज यहाँ आयोजना गरेको ‘हनुमानढोका स्मारिका’ विमोचन तथा वरिष्ठ चित्रकार हरिप्रसाद शर्माका चित्रकलाको अस्थायी प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले यसअघिका जनप्रतिनिधिले राजनीति गरेर कतिपय सम्पदामा पुरातत्व विभागलाई पनि प्रवेश गर्न नदिएको बताए ।

आफ्नो दलले सम्पदामा राजनीति नगर्ने स्पष्ट पार्दै उनले अरु दललाई पनि यसमा ध्यान दिन आह्वान गरे ।

हनुमानढोकामा प्रत्येकपटक आउँदा नयाँ कुरा भेटिने गरेको उल्लेख गर्दै सांसद श्रेष्ठले यस क्षेत्रमा कुँदिएका कलाले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्ने गरेको सुनाए ।

पहिलेका जनप्रतिनिधिले जस्तो सम्पदामा राजनीति नगरी काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ८ ले देशभरका सम्पदा संरक्षणका लागि उदाहरणीय काम गर्ने प्रतिबद्धतासमेत उनले जनाए ।

बागमती प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले चित्रकलाका माध्यमबाट सम्पदा र संस्कृतिको संरक्षणमा लागेका हरिप्रसाद शर्माको चित्रकारिताले हनुमानढोका दरबार क्षेत्रलाई विश्वसामू चिनाउन योगदान गर्ने विश्वास व्यक्त गरे ।

वरिष्ठ कलाकार शर्माले नेपाल देश भूगोलले सानो भए पनि इतिहास र संस्कृतिका दृष्टिले विशाल रहेको बताए । आफ्नो ब्रह्मले देखेका १३ चित्र सङ्ग्रहालयका लागि योगदानस्वरुप दिएको उनले कार्यक्रममा सुनाए ।

ती चित्र छ महिनासम्म हनुमानढोका दरबार क्षेत्रमा अस्थायी प्रदर्शनीमा राखिने जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालका सचिव भरतमणि सुवेदीले भक्तपुर र ललितपुर जिल्लाका सम्पदाका तुलनामा काठमाडौँका सम्पदा पुनःनिर्माणमा ढिलाइ भएको स्वीकार गर्नुहुँदै अब पुनःनिर्माणमा तीव्रता दिने प्रतिबद्धता जनाए ।

पुर्खाले बनाइदिएका सम्पदा जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्नु पनि चुनौतीपूर्ण रहेको उनले बताए ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा अहिले पुनःनिर्माणको चरणमा रहेको जानकारी दिए ।

केही सम्पदा अझै पुनःनिर्माण सुरु हुन नसकेको भनाई राख्दै उनले आगम्छे घर चालु आर्थिक वर्षमै पुनःनिर्माण सुरु गरिने प्रतिबद्धता जनाए । वरिष्ठ कलाकार हरिप्रसाद शर्माका ८८ वटा मुख्य चित्रको पुस्तक प्रकाशन भएपछि मध्यकालको संस्कृतिका धेरै विषयमा थाहा पाउन सकिएको पनि महानिर्देशक प्रधानाङ्गले उल्लेख गरे ।

कार्यक्रममा स्मारिकाका सम्पादक प्राडा प्रेमकुमार खत्री, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका सदस्य सचिव सन्दीप खनाललगायतले हनुमानढोका दरबार क्षेत्रका सम्पदा र यसको संरक्षणमा भएका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?