Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

‘सम्पदा क्षेत्रमा राजनीति नगरौँ’


१ ,भाद्र ,काठमाडौँ । प्रतिनिधिसभाका सांसद बिराजभक्त श्रेष्ठले सम्पदा क्षेत्रमा राजनीति गर्नु नहुने बताएका छन् ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले आज यहाँ आयोजना गरेको ‘हनुमानढोका स्मारिका’ विमोचन तथा वरिष्ठ चित्रकार हरिप्रसाद शर्माका चित्रकलाको अस्थायी प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले यसअघिका जनप्रतिनिधिले राजनीति गरेर कतिपय सम्पदामा पुरातत्व विभागलाई पनि प्रवेश गर्न नदिएको बताए ।

आफ्नो दलले सम्पदामा राजनीति नगर्ने स्पष्ट पार्दै उनले अरु दललाई पनि यसमा ध्यान दिन आह्वान गरे ।

हनुमानढोकामा प्रत्येकपटक आउँदा नयाँ कुरा भेटिने गरेको उल्लेख गर्दै सांसद श्रेष्ठले यस क्षेत्रमा कुँदिएका कलाले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्ने गरेको सुनाए ।

पहिलेका जनप्रतिनिधिले जस्तो सम्पदामा राजनीति नगरी काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ८ ले देशभरका सम्पदा संरक्षणका लागि उदाहरणीय काम गर्ने प्रतिबद्धतासमेत उनले जनाए ।

बागमती प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले चित्रकलाका माध्यमबाट सम्पदा र संस्कृतिको संरक्षणमा लागेका हरिप्रसाद शर्माको चित्रकारिताले हनुमानढोका दरबार क्षेत्रलाई विश्वसामू चिनाउन योगदान गर्ने विश्वास व्यक्त गरे ।

वरिष्ठ कलाकार शर्माले नेपाल देश भूगोलले सानो भए पनि इतिहास र संस्कृतिका दृष्टिले विशाल रहेको बताए । आफ्नो ब्रह्मले देखेका १३ चित्र सङ्ग्रहालयका लागि योगदानस्वरुप दिएको उनले कार्यक्रममा सुनाए ।

ती चित्र छ महिनासम्म हनुमानढोका दरबार क्षेत्रमा अस्थायी प्रदर्शनीमा राखिने जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालका सचिव भरतमणि सुवेदीले भक्तपुर र ललितपुर जिल्लाका सम्पदाका तुलनामा काठमाडौँका सम्पदा पुनःनिर्माणमा ढिलाइ भएको स्वीकार गर्नुहुँदै अब पुनःनिर्माणमा तीव्रता दिने प्रतिबद्धता जनाए ।

पुर्खाले बनाइदिएका सम्पदा जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्नु पनि चुनौतीपूर्ण रहेको उनले बताए ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा अहिले पुनःनिर्माणको चरणमा रहेको जानकारी दिए ।

केही सम्पदा अझै पुनःनिर्माण सुरु हुन नसकेको भनाई राख्दै उनले आगम्छे घर चालु आर्थिक वर्षमै पुनःनिर्माण सुरु गरिने प्रतिबद्धता जनाए । वरिष्ठ कलाकार हरिप्रसाद शर्माका ८८ वटा मुख्य चित्रको पुस्तक प्रकाशन भएपछि मध्यकालको संस्कृतिका धेरै विषयमा थाहा पाउन सकिएको पनि महानिर्देशक प्रधानाङ्गले उल्लेख गरे ।

कार्यक्रममा स्मारिकाका सम्पादक प्राडा प्रेमकुमार खत्री, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका सदस्य सचिव सन्दीप खनाललगायतले हनुमानढोका दरबार क्षेत्रका सम्पदा र यसको संरक्षणमा भएका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?