Trending
>>   आज मिति २०८१ साल मङ्सिर ०२ गते आइतबार , हेर्नुहोस आजको राशिफल >>   विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक छ : मन्त्री भण्डारी >>   यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन: प्रचण्ड >>   सरकार निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास निर्माणका तल्लीन छ : शङ्कर पोखरेल >>   काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल >>   सरकारले मुलुकलाई समृद्धितर्फ अघि बढाएको छ : सञ्चारमन्त्री गुरुङ >>   भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने >>   करको सदुपयोग राष्ट्र समृद्धिको आधार : अर्थमन्त्री पौडेल >>   उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता >>   ‘कार्वन व्यापारलाई थप प्रभावकारी बनाउनु आवश्यक छ’
Logo
२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

‘निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ’


१ ,भाद्र ,काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय महिला आयोगद्वारा आयोजित ‘नेपालमा महिलाको अवस्था’ विषयक पुस्तक विमोचन समारोहमा उनले तथ्याङ्क विश्लेषण गरेर मात्र महिलाको सहभागिता निक्र्योल गर्न नहुने बताउँदै अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका हुन् ।

“महिलाको सहभागिता तथ्याङ्कमा मात्र सीमित गर्नुहुदैन । कूल जनसङ्ख्यामा आधाभन्दा बढी रहेका महिलाको निर्वाचन प्रक्रियामा सहभागिता कम छ । नागरिकता प्राप्ति, मतदाता पत्र, मतदान सङ्ख्या, क्षमता विकासलगायतका विषयले महिलाको अर्थपूर्ण सहभागितालाई प्रभाव पार्दछ,” उनले भने ।

उनले निर्वाचनमा महिलाको सहभागितालाई पुस्तकले थप विश्लेषण गरेको बताउँदै निर्वाचनसम्बन्धी आधिकारिक तथ्य आयोगसँग लिन आग्रहसमेत गरे ।

निर्वाचनमा महिलाको सहभागिता अभिवृद्धि गर्न पहल गरिरहेको र थप मजबुत बनाउन महिला आयोगसँग सहकार्य र समन्वय गरी अघि बढ्न निर्वाचन आयोग तयार रहेको उनले बताए ।

समारोहमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालमा महिलाको अवस्थालाई एकीकृत ढङ्गले पुस्तकमा प्रस्तुत गरिएको बताए ।

विशेषगरी अघिल्लो वर्ष सम्पन्न तीनै तहको निर्वाचनमा भएको महिला सहभागिता र प्रतिनिधित्वलाई पुस्तकमा विशेष जोड दिएको उनले जानकारी दिए ।

उक्त पुस्तकबाट महिलाको क्षेत्रमा अध्ययन गर्न, योजना तर्जुमा गर्न, परियोजना निर्माण गर्न र पैरवी गर्नसमेत पुस्तक उपयोगी हुने उनको भनाइ छ ।

दोस्रो अङ्क प्रकाशन भएको उक्त पुस्तकमा नेपालको संविधान र कानूनद्वारा सुनिश्चित महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, पेसागत हक अधिकारको प्रयोग, पहुच र महिलाको अवस्था कस्तो छ ? कति प्रभावकारी छ ?, महिलाभित्र विशेष समुदायका सवाल, लैङ्गिक हिंसापीडितका लागि राज्यबाट भएका विशेष व्यवस्था, प्रविधिमा महिलाको पहुँचको सवाल, महिलाउपर हुने सबै किसिमका भेदभावविरुद्ध महासन्धि कार्यान्वयनको अवस्था र चुनौती, बालिका, किशोरी र महिलालाई असर पारिरहेका अन्य सवाल र लैङ्गिक उत्तरदायी बजेटजस्ता विषयमा विश्लेषणात्मक सामग्री समावेश गरिएको छ ।

नेपालमा महिलाको वर्तमान अवस्थालाई उजागर गर्ने उद्देश्यले आयोगले गत वर्षदेखि “नेपालमा महिलाको अवस्था” नामक पुस्तक प्रकाशन गरेको हो ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?