Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

इन्डोनेसियाको होटलमा आगलागी हुँदा तीन जनाको मृत्यु, तीन जना घाइते


१ ,भाद्र ,जकार्ता । इन्डोनेसियाको राजधानी जकार्ताको दक्षिणी भागमा बिहीबार अबेर राति एउटा होटल भवनमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार राति करिब ११ः५० बजे आगलागी भएको हो । स्थानीय समय अनुसार बिहीबार केबायोरान बारुको उपजिल्लामा रहेको एफ–२ होटलमा लागेको आगो शुक्रबार दिउँसो २ः४० बजे निभिएको थियो ।

जिल्लाका प्रहरी उपप्रमुख ट्रिबुआना रोजेनोले आगलागीमा तीनजना होटलका पाहुनाको मृत्यु भएको जनाकारी दिएका छन् ।

उनीहरू भेन्टिलेसन नभएको कोठामा फसेका थिए। आगलागीमा परी अन्य तीन जना पाहुना पनि घाइते भएका छन् र अहिले उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा चुरोटको टुठाले आगलागी भएको खुलेको छ ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?