Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

फ्राइडे रिलिज : हलमा ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’


१ भदाै, काठमाडाैँ । आजबाट दुई नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शन गरिएको छ । अघिल्लो साता कुनै नेपाली चलचित्र प्रदर्शन भएको थिएन । त्यहीँ कारण पनि नेपाली चलचित्रलाई ठूलो पर्दामा हेर्न चाहने दर्शकले दुई फरक विधालाई रोज्न पाउने छन् । गणेशदेव पाण्डेले निर्देशन गरेको चलचित्र ‘जुलेबी’को सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन् ।

लेखक तथा निर्देशक पाण्डेले सात पात्रको सम्बन्धको वरिपरि घुमेको कथामा जीवनको भोगाइबाट उत्पन्न परिस्थितिलाई चित्रण गरिएको बताए । “चार महिला पात्रको संवेदना, चाहना र भोगाईलाई चलचित्रमा प्रस्तुत गरिएको छ”, उनले भने ।

मिलन आले मगर निर्देशन गरेको चलचित्र ‘हिँड्दा हिँड्दै’ मा सलोन बस्नेत, आकाश श्रेष्ठ, रेखा शाह, भोलाराज सापकोटालगायतका कलाकारले अभिनय गरेका छन् । मित्रता र प्रेममा आउने उतारचढावलाई चित्रण गरिएको चलचित्रका लेखक सुशील पङ्गेनी छन् ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?