Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

पन्छाइयो भट्टेडाँडाको पहिरो


१ भदौ, मकवानपुर । काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडामा गए राति गएको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएर आज बिहानदेखि काठमाडौँ–हेटौंडातर्फको यातायात पुनः सञ्चालनमा ल्याइएको छ ।

कान्तिलोकपथअन्तर्गत पर्ने भट्टेडाँडा प्रहरी चौकीको सक्रियतामा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाएर यातायात सञ्चालन गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग, हेटौँडा–भीमफेदी सडकखण्ड र भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा अहिले सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?