Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

राष्ट्रपति समक्ष राजदूतद्वयको ओहदाको प्रमाणपत्र प्रस्तुत


३२ ,श्रावण ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि संयुक्त अधिराज्य र समाजवादी गणतन्त्र भियतनाममा नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन् ।

राष्ट्रपति भवनमा आज आयोजित बेग्ला–बेग्लै विशेष समारोहमा राष्ट्रपति समक्ष नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त आवासीय राजदूत रोवर्ट डोमिनिक रुसेल फेन्न र भियतनामका गैर आवासीय राजदूत न्यूगेन थान्ह हाईले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकृत उपस्थित थियो ।

यसअघि नवनियुक्त राजदूतलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?