Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

सडकमा पुरिएकी महिलाको उद्धार


२९ ,श्रावण ,काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित अरनिको राजमार्गसँग जोडिएको कच्ची सडक भासिँदा पुरिएका एक ३० वर्षीया महिलाको हिजो उद्धार गरिएको छ ।

राजमार्गबाट उक्त सडकतर्फ हिँडिरहेका बेला अविरल वर्षाका कारण सडक भासिएपछि स्थानीय कान्छामाया तामाङ पुरिएकि थिईन् ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले तामाङको उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल पुर्‍याएको हो ।

मुख र शरीरका अन्य केही भागमा चोट लागेको तामाङको उपचार भइरहेको परिवारले जनाएको छ ।

गाडीबाट घरतर्फ जाँदैगर्दा तामाङ पुरिएको बताइएको छ । अविरल वर्षाका कारण स्तरोन्नति भइरहेको राजमार्गको धुलिखेल–खावा चार किलोमिटर सडकखण्डमा दर्जन स्थानमा पहिरो खसेका कारण यातायातका साधन आवतजावतमा कठिनाइ भएको छ ।

यसमध्ये पकुचादेखि धुलिखेलसम्मको क्षेत्रमा सबैभन्दा बढी जोखिम देखिएकाले मेशिनद्वारा पहिरो पन्छाएर आवातजावत सहज बनाइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

निर्माणाधीन सडकमा ढलको निकाश नहुँदा सडकबाटै पानी बगिरहेको छ भने सडक माथिबाट पहिरोसँगै लेदो खसिरहँदा निकै कठिनाइ भएको छ ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?