Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

गर्मीले सुत्न समस्या भइरहेको छ ? अपनाउनुहोस् यी ५ प्रभावकारी टिप्स


 एजेन्सी । अहिले विश्वभर तापक्रम बढ्दै गइरहेको छ । नेपालका तराइ भूभाग सहित काठमाडाैँ लगायत पहाडी क्षेत्रमा समेत वर्षैपिच्छे तापक्रम बढ्दै गइरहेको छ ।

सामान्यतया गर्मीको माैसममा सबै खालका काम तथा दैनिकी गर्न असहज हुन्छ । त्यस्तै, सुत्न पनि गर्मी महिनामा जाडो माैसममा भन्दा असहज हुने गर्दछ ।

तर, विज्ञहरूले केही सुझाव दिएका छन्, जसले सुत्न सहज बनाउँछन् ।

१. न्याप नलिने अर्थात् दिउँसो नसुत्ने

गर्मी सिजनमा दिउसो समेत निद्रा लागेर हैरान हुन्छ । तर, विज्ञहरू भने दिउसोको समयमा न्याप नलिन तथा नसुत्न सुझाएउँछन् । दिउसो नसुत्दा राती निदाउन सहज हुने उनीहरूको भनाइ छ ।

२. दिनचर्या व्यवस्थित बनाउने

रातीको समयमा सहज तरिकाले सुत्न दिनको कामहरू व्यवस्थित बनाउन पनि विज्ञहरूले सुझाव दिएका छन् । नियमित समयमा नै सुत्ने र उठ्न प्रयास गर्ने विज्ञहरूको सुझाव छ ।

३. सामान्य कुराहरू ख्याल गर्ने 

तपाईंको शयनकक्ष रातमा हुन सक्ने जत्तिकै चिसो छ भनी सुनिश्चित गर्न कदमहरू चाल्न विज्ञहरूको सुझाव छ ।

दिउँसोको समयमा अँध्यारो नै बनाएर राख्दा सुत्ने समयमा कोठा केही चिसो हुने बताइएको छ । विज्ञहरूले झ्याल तथा पर्दा खोल्ने र बन्द गर्ने समयमा पनि ध्यान दिन सुझाएका छन् ।

४. पातलो तन्ना ओछ्याउने

विज्ञहरूका अनुसार ओछ्यानमा ओछ्याउनले तन्नाले पनि सहज रूपमा सुत्ने प्रक्रियामा प्रभाव पार्छ । सहज रूपमा सुत्नका लागि पातलो तन्ना ओछ्याउने र पसिना अवशोषित गर्ने कपडा प्रयोग गर्न पनि सुझाइएको छ ।

५. पर्याप्त पानी पिउने 

दिनभर पर्याप्त मात्रामा पानी पिउने तर सुत्नुअघि धेरै मात्रामा पानी नपिउन समेत विज्ञहरूले सुझाव दिएका छन् ।

बिबिसीको सहयोगमा ।

 


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?