Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

गर्मीले सुत्न समस्या भइरहेको छ ? अपनाउनुहोस् यी ५ प्रभावकारी टिप्स


 एजेन्सी । अहिले विश्वभर तापक्रम बढ्दै गइरहेको छ । नेपालका तराइ भूभाग सहित काठमाडाैँ लगायत पहाडी क्षेत्रमा समेत वर्षैपिच्छे तापक्रम बढ्दै गइरहेको छ ।

सामान्यतया गर्मीको माैसममा सबै खालका काम तथा दैनिकी गर्न असहज हुन्छ । त्यस्तै, सुत्न पनि गर्मी महिनामा जाडो माैसममा भन्दा असहज हुने गर्दछ ।

तर, विज्ञहरूले केही सुझाव दिएका छन्, जसले सुत्न सहज बनाउँछन् ।

१. न्याप नलिने अर्थात् दिउँसो नसुत्ने

गर्मी सिजनमा दिउसो समेत निद्रा लागेर हैरान हुन्छ । तर, विज्ञहरू भने दिउसोको समयमा न्याप नलिन तथा नसुत्न सुझाएउँछन् । दिउसो नसुत्दा राती निदाउन सहज हुने उनीहरूको भनाइ छ ।

२. दिनचर्या व्यवस्थित बनाउने

रातीको समयमा सहज तरिकाले सुत्न दिनको कामहरू व्यवस्थित बनाउन पनि विज्ञहरूले सुझाव दिएका छन् । नियमित समयमा नै सुत्ने र उठ्न प्रयास गर्ने विज्ञहरूको सुझाव छ ।

३. सामान्य कुराहरू ख्याल गर्ने 

तपाईंको शयनकक्ष रातमा हुन सक्ने जत्तिकै चिसो छ भनी सुनिश्चित गर्न कदमहरू चाल्न विज्ञहरूको सुझाव छ ।

दिउँसोको समयमा अँध्यारो नै बनाएर राख्दा सुत्ने समयमा कोठा केही चिसो हुने बताइएको छ । विज्ञहरूले झ्याल तथा पर्दा खोल्ने र बन्द गर्ने समयमा पनि ध्यान दिन सुझाएका छन् ।

४. पातलो तन्ना ओछ्याउने

विज्ञहरूका अनुसार ओछ्यानमा ओछ्याउनले तन्नाले पनि सहज रूपमा सुत्ने प्रक्रियामा प्रभाव पार्छ । सहज रूपमा सुत्नका लागि पातलो तन्ना ओछ्याउने र पसिना अवशोषित गर्ने कपडा प्रयोग गर्न पनि सुझाइएको छ ।

५. पर्याप्त पानी पिउने 

दिनभर पर्याप्त मात्रामा पानी पिउने तर सुत्नुअघि धेरै मात्रामा पानी नपिउन समेत विज्ञहरूले सुझाव दिएका छन् ।

बिबिसीको सहयोगमा ।

 


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?