Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

फिट रहन एक दिनमा कति पाइला हिँड्ने ? एक अध्ययनले पत्ता लगायो नयाँ तथ्य


 एजेन्सी । लामो समयदेखि मानिसलाई फिट रहन एक दिनमा १० हजार पाइला हिड्नुपर्छ भनिँदै आइएको थियो । तर, एक नयाँ अनुसन्धानले एक फिट रहनका लागि एक दिनमा ५ हजार पाइला हिड्नु पर्याप्त हुने देखाएको छ ।

विश्वभरका २ लाख २६ हजार भन्दा बढी मानिसहरूको विश्लेषणले एक दिनमा ४ हजार पाइला मात्रै हिड्नु पनि कुनै पनि कारणले अकालमै मृत्युको जोखिम कम गर्न पर्याप्त हुने देखाएको छ ।

त्यस्तै, २ हजार ३ सयभन्दा बढी पाइला हिड्दा रगत र मुटुसँग सम्बन्धित रोगको जोखिम कम गर्न पर्याप्त रहेको देखाएको छ । सो अध्ययनले जति पाइला हिँड्यो उत्ति नै फाइदा रहेको बताएको छ ।

४ हजारभन्दा माथि २० हजार पाइलासम्म हिँडिने प्रत्येक पाइलाहरूले चाँडै मृत्यु हुने जोखिम कम गर्ने बिबिसीमा उल्लेख गरिएको छ

पोल्याण्डको लड्जको मेडिकल युनिभर्सिटी र अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटी स्कूल अफ मेडिसिनको टोलीले हिड्ने फाइदाहरू सबै लिंग र उमेरका लागि लागू भएको पत्ता लगाएका छन् । तर, ६० वर्षभन्दा कम उमेर समूहका मानिसहरूका लागि हिड्नु अझै लाभदायक भएको बताइएको छ ।

लड्ज विश्वविद्यालयका प्रोफेसर मासीज बानाचले उपचारका लागि उन्नत औषधिहरूको संख्या बढ्दै गइरहेको बेला औषधिहरूमात्रै पर्याप्त नभइ व्यायाम महत्वपूर्ण भएको बताएका छन् ।

 


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?