Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

गत आर्थिक वर्षमा काठमाडाैँ महानगरले उठायो १९ अर्ब २५ करोड राजश्व


२४ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा रु दश अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि रु दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि कामपाले सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ ।

आव २०७८/०७९ मा कामपाले दश अर्ब ४१ करोड राजस्व असुल गरेको थियो । अनुदान रकम कम भए पनि अछिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी रु एक अर्ब ३६ करोड बढी असुल भएको कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार कामपाले आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड बढी असुल गरेको हो ।

जसमा सबैभन्दा बढी बहाल करमा रु दुई अर्ब ५६ करोड असुल भएको छ, त्यस्तै सम्पत्ती करमा रु एक अर्ब आठ करोड, व्यवसाय करमा पनि ५८ करोड असुल भएको विभागका प्रमुख काफ्लेले बताउनुभयो । त्यस्तै नक्शापास दस्तुरबाट रु १० करोड ११ लाख भन्दा बढी राजस्व उठेको छ । स्रोतसाधनको हिसाबले सबैभन्दा बलियो कामपाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो ।

आव २०७८/०७९ मा जम्मा रु चार अर्ब ४६ करोड आन्तरिक राजस्व उठाउन सफल भएको कामपाले आव २०७९/०८० मा रु पाँच अर्ब ८२ करोड राजस्व उठाउन सफल छ ।

कामपाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तः शुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५/१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ ।

गत आवमा बाँडफाँटबाट कामपाले रु एक अर्ब ८५ करोड पाएको छ राजश्व विभाग प्रमुख काफ्लेले भन्नुभयो,“अघिल्लो वर्षको तुलनामा रु एक अर्ब ६८ करोड ९४ लाखले कमी हो । अघिल्लो वर्ष करिब तीन अर्ब रु ५५ करोड प्राप्त गरेको थियो ।”


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?