Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन


१९ ,श्रावण ,काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले कर्मचारीहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिएकि छिन् । मन्त्रालयसम्बद्ध आयोजनामा रहेका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउँदै उनले परिणाम आउने गरी काम गर्न निर्देशन दिएकि हुन् ।

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागको २०७९/८० को वार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनसम्बन्धी गोष्ठीमा उनले मनदेखि नै काम गर्न आयोजनाका प्रमुखहरूलाई निर्देशन दिईन् । उनले भनिन्, “समस्या छ भनेर मात्र होइन, समाधान गर्ने गरी अघि बढनुहोस्, मन्त्रालयले गर्नुपर्ने निर्णय समयमा नै गरेर अघि बढछ ।”

आयोजना, विभाग र मन्त्रालयको समन्वयको कामलाई प्रभावकारीरूपमा अघि बढाइने प्रतिबद्धता जनाउँदै उनले अन्तर मन्त्रालयको समन्वयको कामलाई पनि उच्च प्राथमिकता दिइने बताईन् । मन्त्रालयले गत आर्थिक वर्षमा अपेक्षाअनुसार पूँजीगत खर्च गर्न नसकेको बताउँदै मन्त्री गुरुङले यस आर्थिक वर्षमा लक्ष्यअनुसारको पूँजीगत खर्च बढाउनका लागि आयोजनाका प्रमुखहरूलाई निर्देशन दिईन् ।

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले रुग्ण आयोजनाहरूमा अब धेरै अलमलिन नहुने बताउँदै काम नगर्ने निर्माण व्यवसायीहरूसँग ठेक्का तोडेर अघि बढ्न निर्देशन दिए । उनले भने, “पूँजीगत खर्च बढाउन ध्यान दिनुपर्छ, अहिलेको पूँजीगत खर्च सन्तोषजनक छैन, यस आर्थिक वर्षमा लक्ष्यअनुसारको खर्च गर्न समयमा नै काम अघि बढाउनुहोस् ।”

सहरी विकास तथा भवन निर्माण विभागले गत आर्थिक वर्षमा रु ३८ अर्ब ९५ करोड ७९ लाख चार हजार विनियोजन भएकामा ५९ प्रतिशत वित्तीय र ६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यस आर्थिक वर्षमा विभागका लागि रु २९ अर्ब ५७ करोड बजेट विनियोजन भएको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?