Trending
>>   महिला साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने >>   उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली >>   आज काग तिहार, कागको पूजा आराधना गरिँदै >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक १४ गते बुधबार, हेर्नुहोस आजको राशिफल >>   नयाँ भूमि समस्या समाधान आयोग गठन >>   कुलमानलाई हटाउने बिषयमा मन्त्रिपरिषद्को यस्ताे निर्णय >>   पुस्तकालय हाेइन आइडिया सेन्टर >>   भाइटीकाकै दिन वर्षाको पूर्वानुमान ! >>   कुलमानलाई हटाउन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !
Logo
१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच सहयोग आदानप्रदान


१९ श्रावण, चितवन । भरतपुर महानगरपालिका र चीनको सिगात्से सहर सहरबीच एकापसमा सहयोग आदानप्रदान गर्ने दुईपक्षीय सहमति भएको छ । ती दुई सहका बीचमा भगिनी सम्बन्ध कायम रहेको छ

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र सिगात्से सहर मेयर वाड्ग फड्ग हुड्ग बीच दुई पक्षीय सहमति भएको हो । दुई सहरबीच एकापसमा सहयोग आदनप्रदान गर्दै यहाँका जनताको बीचमा सुमधुर सम्बन्ध कायम गर्दै अगाडि बढ्ने सहमति भएको जनाइएको छ ।

हिमाली सहर सिगात्सेको निमन्त्रणामा सिगात्से पुगेको भरतपुर महानगरपालिकाको प्रतिनिधिमण्डलबीच प्रविधि आदानप्रदान, कृषि र पर्यटनको क्षेत्रमा सँगसँगै अगाडि बढ्दै भगिनी सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुे दुवै सहरका प्रमुखबीच सहमति भएको हो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरपालिका पूर्वाधार विकासका साथै कृषि, पर्यटन र स्वास्थ्य सेवाको क्षेत्रमा अगाडि बढिरहेको जनाउँदै सिगात्से सरकार र यहाँका व्यवसायीलाई नेपालको भरतपुरमा लगानी गर्न आग्रह गरे।

सो अवसरमा प्रमुख दाहालले सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको रूपमा विशेष कार्यक्रम गरी मनाउन लागेको जनाउँदै भरतपुर भ्रमण वर्षमा सहभागि हुन सिगात्से सहरका मेयर हुड्ग सहित उनको टिम र सिगात्सेवासीलाई निमन्त्रणा गरेका थिए।

सो अवसरमा सिगात्से सिटीका प्रमुख हुड्गले भरतपुर र सिगात्से सहरको सम्बन्धलाई जनस्तरमा देखिने गरी स्वागत गर्न आफूहरू सधैँ तयार रहेको बताए । कोभिड–१९ को महामारीको समयमा पनि भरतपुरका नागिरकको जीवन रक्षाका लागि स्वास्थ्य सामग्री प्रदान गरेर सानै भए पनि सहयोग पुर्याएको स्मरण गरे ।

सो अवसरमा प्रमुख हुड्गले नेपाल र तिब्बत क्षेत्रसँग व्यवस्थित सडक र रेल सञ्जालमार्फत जोडेर दुई देशले लाभ लिने गरी चीन सरकारले आयोजना अगाडि बढाउन पहल गरिरहेको जनाउँदै त्यसका लागि नेपाल सरकारको ध्यानाकर्षण गरिदिन महानगरप्रमुख प्रमुख दाहालमार्फत आग्रह गरे।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर र सिगात्सेबीच कायम रहेको भगिनी सम्बन्धलाई दुई पक्षीय भ्रमणका माध्यमबाट अझ प्रगाढ बनाउँदै लैजानुपर्ने बताएका थिए । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले सिगात्से सहरको भ्रमणले दुई सहरबीचको पारस्परिक विश्वासमा थप टेवा पु¥याएको बताए ।

महानगरपालिका प्रमुख दाहालको नेतृत्व रहेको आठ सदस्यीय प्रतिनिधिमण्डलले सिगात्से सहरका ऐतिहासिक एवं पुरातात्विक महत्वका क्षेत्रको अवलोकन, सडक सञ्जाल हरियाली प्रवद्र्धनका साथै औद्योगिक क्षेत्र र भरतपुरको साइलेज घाँसमार्फत पशुपालन गरिएको एभरेष्ट एग्रो फार्मको अवलोकन गरेको जनाइएको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?