Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

जेलबाट छुटे लालबहादुर विश्वकर्मा


१७ श्रावण, इटहरी । इटहरी उपमहानगरपालिका– १९ ब्रह्मपुरका लालबहादुर विश्वकर्मा जेलबाट छुटेका छन् । बैंकिङ कसुर र ठगी मुद्दामा जेल परेका विश्वकर्मा बुधबार रिहा भएका हुन् ।

झुम्का कारागारमा रहेका उनी मंगलबार उच्च अदालत विराटनगरको फैसलासँगै करिब नौ महिनापछि रिहा भएका हुन् ।

बुधबार उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको मंगलबारको संयुक्त इजलासको आदेश दिएको थियो ।

उनलाई बैंकिङ कारोबार मुद्दामा तीन करोड १४ लाख बिगो, ठगी मुद्दामा ७० हजार जरिवानासहित एक वर्ष ६ महिना जेल सजाय सुनाइएको थियो ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?