Trending
>>   ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ? >>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम उपाध्यक्षबीच भेटवार्ता


१६ श्रावण, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच मंगलबार महासंघ सचिवालय टेकुमा औपचारिक भेटवार्ता भएको छ।

उक्त भेटवार्तामा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धि, साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत लगायतका पुर्वाधार विकास एवं लगानी प्रवर्द्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको बताए।

कोभिडपछिको तिव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा मूलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र संकुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको अध्यक्ष ढकालले बताए।

निजी क्षेत्रले काम गर्न नपाउँदा राजश्व करिब १३ प्रतिशतले घटेको र चर्को मुल्यवृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि घटदै गएको उनको भनाइ छ। नेपालको तीन दिने भ्रमणमा रहकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवर्द्धनका लागि महासंघसंग सहकार्य गर्न आफू तयार रहेको बताए।

पछिल्लो समय निगमसँगको सहकार्यमा महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो। महासंघले साना उद्यमीका लागि शुरु गर्न लागेको विकास केन्द्र र सिप विकास महत्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो।

भेटका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा संचालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको बताए।महासंघका उपाध्यक्ष द्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले कर प्रणालीको सुधार र नेपालको तुलनात्मक लाभ भएका वस्तुको प्रवद्र्धन आवश्यक रहेको बताए। महासंघ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी बिस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताएका हुन्।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?