Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

नायब निरीक्षक पाैडेलले आफैलाई जोगाउन नसकेको त्यो दिन…


१४ श्रावण, बागलुङ । यही साउन ८ गते प्रहरी चौकी भिमगिठेको कार्यक्षेत्रमा पर्ने बडिगाड खोलामा ढुङ्गागिट्टी अवैध बालुवाको उत्खनन् भइरहेको खबर प्रहरी चौकीमा आयो । उक्त सूचनाका आधारमा चौकी इञ्चार्जसमेत रहेका वरिष्ठ प्रहरी नायब निरीक्षक उज्वल पौडेल केही प्रहरी जवानसहित खोलातर्फ लागे ।

खोलामा अवैध उत्खनन् भइरहेको सूचना भने गलत निस्कियो । यद्यपि गाउँपालिकाले केही दिन पहिला प्रहरीलाई पत्राचार गरी खोला किनारको कडा निगरानीका लागि आग्रह गरेको थियो । सोही दिन गाउँपालिकाले सामाजिक सुरक्षावापतको भत्ता वितरण गर्दै थियो ।

गाउँपालिकाकै दुर्गम ठाउँ वडा नं १० को दर्लिङमा बैंकसँगको सहकार्यमा गाउँमै भत्ता वितरण हुँदै थियो । ठूलो परिमाणमा नगदसहित गाउँ पुगेका बैंक र गाउँपालिकाका कर्मचारीलाई सुरक्षा दिने जिम्मेवारी पनि भिमगिठे प्रहरी चौकीकै थियो ।

खोला किनारबाट फर्किएपछि पौडेलले सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको ठाउँमा प्रहरी जवान खटाए । भत्ता वितरणको काम साँझ पाँच बजेतिर सकियो । चौकीमा आकस्मिक काम भने चलिरहेकै थिए तर औपचारिक काम सकिएपनि भने जिम्मेवारी हल्का भएको थियो ।

नयाँ आर्थिक वर्ष सुरु भएकाले गाउँपालिकाले कुनै पनि नदी तथा खोला किनार र बगरको ढुङ्गागिट्टी बालुवा ठेक्कामा लगाएको छैन । त्यसै पनि हरेक वर्ष जेठको १५ देखि असोजको १ गतेसम्म खोला तथा नदी किनारको उत्खनन् गर्न नपाइने व्यवस्था छ । त्यही कानुनी व्यवस्था कार्यान्वयन गर्दै प्रकृति जोगाउन खोला चाहरेको वरिष्ठ प्रहरी नायब निरीक्षक पौडेलको टोली नागरिकलाई सामाजिक सुरक्षा वितरणमा खटिएको थियो ।

दिनभरी प्रकृति र नागरीकको सुरक्षामा खटिनुभए पौडेलले रात परेपछि आफ्नै प्राण भने जोगाउन सक्नुभएन् । साउन ८ गते बागलुङको बढीगाड गाउँपालिका–६ मा रहेको आशा होटलको तल्लो तलामा उनको दुःखद निधन भयो ।

“उहाँ बालबालिका, युवादेखि वृद्धवृद्धा सबैसँग मिलनसार व्यवहार गर्नुहुन्थ्यो”, भीमगिठेका युवा दिनेश शर्माले भने, “उहाँको मृत्युको खबरले त्यो दिन खाल बजार भरिभराउ भएको थियो, सबैको मन अशान्त देखिन्थ्यो ।”

आशा होटलमा उनि पहिलो पटक गएका भने होइनन् । प्रायः औपचारिक काम सकिएपछि उहाँ खाजा खानका लागि त्यहाँ पुग्ने गरेको स्थानीयवासी बताउँछन् । सधैँ भोक मेट्ने होटलमा नै उनको देहलिला मेटियो । “काममा निकै इमान्दार हुनुहुन्थ्यो, तर मैले राम्रोसँग भने संगत गरिन” बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पौडेललाई सम्झँदै भने ।

प्रहरी अधिकृतनै मृत भेटिनु, हत्याको आशङ्का गरिनुलगायतका कारणले यतिबेला जिल्लाको वडिगाड गाउँपालिकालगायत मध्यपहाडी लोकमार्ग क्षेत्र आशङ्काको भूमरीमा छ । होटलमा खाजा जानुभएका प्रहरी चौकी इञ्चार्ज पौडेलको हत्याको विषयमा नागरिकमा प्रश्न छन् । पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

पक्राउ परेका होटल सञ्चालक आशा कुँवर तथा उनका छोरा विमल कुँवरको बयानको आधारमा हत्या भएको भन्न सकिने प्रमाण भेटिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का बताउँछन् । यद्यपि हत्याको कारण भने खुलेको छैन ।

“सामान्य विवादपछि टाउकोमा प्रहार गरेको, ढलेपछि छातिमा लात्तिले हानेको र पर्दाले घाँटी थिचेर मारेको देखिन्छ”, प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । हत्यापछि समेत आरोपीले निकै चलाखीपूर्ण तरिकाले सुनको सिक्री लुकाउने वडाध्यक्षलाई खबर गर्ने र आफै मृत्यु भएको बनाउने प्रयत्न गरेको एक प्रहरी अधिकृतले बताए । उनको शवको परीक्षणका लागि गण्डकी अस्पताल पोखरामा गरिएको थियो ।

“शव परीक्षणको रिपोर्ट दुई हप्तामा आउँछ, त्यति बेलासम्म अनुसन्धानका अन्य पाटाबाट पनि धेरै खुल्ने छ”, प्रहरी निरीक्षक राजाराम खड्काले भने, “हत्या किन गरियो भन्ने विषय खोजीको विषय हो ।” पर्वतको कुश्मा नगरपालिका–९ स्थायी घर भएका पौडेलकी श्रीमती र बच्चा काठमाडौँमा बस्दै आएका छन् । पौडेलको मृत्युपछि परिवार शोकमा डुबेको छ ।

केही समय राष्ट्रियसभा अध्यक्षको सुरक्षामासमेत खटिएका पौडेल केही समय अघि मात्रै बागलुङ फर्किएका थिए।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?