Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

महिना दिनमै उप्कियो कालोपत्र


१३ श्रावण, बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब एक सय ४२ किलोमिटरमध्ये अधिकांश सडक कालोपत्र भइसकेको छ । बागलुङ–घोडाबाँधे खण्डको १५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।

वर्षौं अगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि अहिले मर्मत भइरहेको छ । निर्माण कम्पनीले केही दिनमै काम सक्ने गरी तीव्रता दिए पनि मर्मत भएका केही ठाउँमा बीच भागमै कालोपत्रे उप्किएको छ ।

एक महिना नबित्दै कालोपत्र उप्किन थालेको भन्दै स्थानीयले निर्माण कम्पनी र सरोकारवाला निकायले लापरबाही गरेको आरोप लगाएका छन् । विसं २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौँले काम थालेको थियो ।

निर्माण कम्पनीले कालोपत्र गरेको लोकमार्गको नरठाँटी, काफलठूटा, झाँक्रीस्थानलगायत ठाउँमा उप्किएको यात्रु तिलबहादुर खत्रीले बताए । यस क्षेत्रमा कालोपत्र भएको महिना दिन पनि नपुगेको भन्दै उनले यसरी काम गर्दागर्दै कालोपत्र उप्किँदा आवागमनमा सास्ती भएको बताए ।

“के काम गरेको होला यस्तो, काम गर्दैछ, सडक उक्किँदैछ, यस्तो पनि हुन्छ, सरोकारवाला निकायले निगरानी गर्नुपर्ने हो”, खत्रीले भने, “यसको जिम्मेवारी कसले लिने ?, गुणस्तरहीन काम भएकोप्रति स्थानीय सरकारको छिटो ध्यान जाओस् र समाधान खोजियोस् ।”

निर्माण कम्पनीले रू १३ करोड ९९ लाखमा आगामी असोज २१ गतेसम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो ।

मध्यपहाडी लोकमार्गका इञ्जिनियर राजन पाण्डेले मर्मतका लागि तोकिएको रकममध्ये रू एक करोड भुक्तानी लिन बाँकी रहेको बताए । उहाँले जेठमा कालोपत्र भएको स्थानमा पहिरो र भल आएर भत्किएकाले उक्त स्थानमा पुनः मर्मत गरिने जानकारी दिए । पाँच किलोमिटर कालोपत्र गरेकामा करिब ५० मिटर सडकमा उप्किने र भत्किने समस्या भएको उनको भनाइ छ ।

“अहिले जहाँजहाँ भत्किएको छ, सोही स्थानमा यसअघि पनि भत्किने गरेको रहेछ, भौगोलिक नाजुकताका कारण यो समस्या आएको हो”, इञ्जिनियर पाण्डेले भने, “जेठामा कालोपत्र गरेपछि ठूलो पानीसँगै भल आयो र भत्कियो । यसलाई निर्माण कम्पनीले पुनःमर्मत गर्नेछ ।” उहाँले भत्किएका स्थानमा कालोपत्र भन्दा ढलान गर्नुपर्ने बताए ।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?