Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सात दशमलव सोह्र अङ्कले घट्यो नेप्से


मङ्गलबार उच्च अङ्कको वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बुधबार भने घटेको छ । आज नेप्से परिसूचक सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १८ अङ्कमा कायम भएको हो । आज दुई सय ५७ वटा कम्पनीको एक करोड पाँच लाख दुई हजार छ सय ४९ कित्ता शेयर ५५ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६९ करोड १९ लाख ७२ हजार बराबरको कारोबार भएको छ ।

आज अन्य समूहको उपसूचक सात दशमलव ७५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५८ दशमलव ६३ र होटल तथा पर्यटन समूहको उपसूचक ४९ दशमलव ७१ अङ्कले घटेको नेप्सेले जनाएको छ । बैंकिङ समूह शून्य दशमलव ७९, विकास बैंक समूह २२ दशमलव ६२, वित्त समूह ३६ दशमलव २५, जलविद्युत् समूह २७ दशमलव ३६ र लगानी समूह शून्य दशमलव १० अङ्कले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ४१ दशमलव ९०, लघुवित्त समूह १६ दशमलव ५७, म्युचुअल फन्ड समूह शून्य दशमलव ०७, निर्जीवन बीमा समूह २८ दशमलव ५४ र व्यापार समूह ११ दशमलव ५० अङ्कले घटेको छ । आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता तीन दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता पाँच दशमलव १४ प्रतिशतका दरले गुमाएका छन् ।

आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै रु ११ करोड २८ लाख ६८ हजार दुई सय ७१ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपी पावर कम्पनी लिमिटेडको तीन लाख ४० हजार पाँच सय ६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।


प्रकाशित मिति: २५ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?