Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

सात दशमलव सोह्र अङ्कले घट्यो नेप्से


मङ्गलबार उच्च अङ्कको वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बुधबार भने घटेको छ । आज नेप्से परिसूचक सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १८ अङ्कमा कायम भएको हो । आज दुई सय ५७ वटा कम्पनीको एक करोड पाँच लाख दुई हजार छ सय ४९ कित्ता शेयर ५५ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६९ करोड १९ लाख ७२ हजार बराबरको कारोबार भएको छ ।

आज अन्य समूहको उपसूचक सात दशमलव ७५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५८ दशमलव ६३ र होटल तथा पर्यटन समूहको उपसूचक ४९ दशमलव ७१ अङ्कले घटेको नेप्सेले जनाएको छ । बैंकिङ समूह शून्य दशमलव ७९, विकास बैंक समूह २२ दशमलव ६२, वित्त समूह ३६ दशमलव २५, जलविद्युत् समूह २७ दशमलव ३६ र लगानी समूह शून्य दशमलव १० अङ्कले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ४१ दशमलव ९०, लघुवित्त समूह १६ दशमलव ५७, म्युचुअल फन्ड समूह शून्य दशमलव ०७, निर्जीवन बीमा समूह २८ दशमलव ५४ र व्यापार समूह ११ दशमलव ५० अङ्कले घटेको छ । आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता तीन दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता पाँच दशमलव १४ प्रतिशतका दरले गुमाएका छन् ।

आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै रु ११ करोड २८ लाख ६८ हजार दुई सय ७१ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपी पावर कम्पनी लिमिटेडको तीन लाख ४० हजार पाँच सय ६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।


प्रकाशित मिति: २५ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?