Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

भिभिआईपी र भिआईपीलाई नेपालमै उपचार गर्न स्वास्थ्यमन्त्रीको आग्रह


१२ श्रावण, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अति विशिष्ट र विशिष्ट व्यक्तिलाई बिरामी परे नेपालमै उपचार गर्न आग्रह गरेका छन्।

वीर अस्पतालको १३४ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै मन्त्री बस्नेतले वीर अस्पतालमा पाँच श्य्याको भिभिआईपी र भिआईपी वार्ड सच्चालनमा आएको भन्दै यस्तो आग्रह गरेका हुन्।

नेपालमानै गुणस्तरीय सेवा हुँदाहुँदै पनि अस्पतालमा भएका वार्ड २०४४ सालदेखि सञ्चालनमा नआएको उनले गुनासो गरे।

मन्त्री बस्नेतको पहलमा अस्पताल एउटा भिभिआईपी र दुईवटा भिआईपी कक्ष थपेर पाँच वटा शय्याको वार्ड सञ्चालनमा ल्याएको छ ।उक्त वार्ड सञ्चालनका लगि अस्पतालले १५ जना विशेषज्ञ चिकित्सकको टोली र नर्सिङ जनशक्ति छुट्याएको छ।

भिभिआईपी र भिआईपी बिरामी परेमा वीर अस्पताल वा स्वास्थ्य मन्त्रालयका सम्पर्क गर्न मन्त्री बस्नेतले अनुरोध गरे।उनले भने, “दुर्गममा सिटामोल खाने पैसा नहुने र नेपालमानै गुणस्तरीय सेवा हुँदाहुँदै पनि भिभिआईपी र भिआईपीहरु सामान्य उपचार गर्न पनि विदेश गएर देशको ढुकुटी खतम बनाउने भन्ने जनतामा आक्रोश छ।त्यसमा ध्यानमा राखेर वीरमा सेवा विस्तार गरेका हौँ ।”

वीर अस्पतालमा सयौं विशेषज्ञ दक्ष जनशक्ति भएको भन्दै विश्वमा हरेक कुनामा हुने स्वास्थ्य सेवा नेपालमानै सम्भव भएको मन्त्री बस्नेतले जिकिर गरे। यदि भिभिआईपी र भिआईपीले नेपालमा नै सेवा लिएमा अस्पतालमा भएको गुणस्तरीय सेवा र दक्ष जनशक्ति नेपालको सीप संसारले थाहा पाउने मन्त्री बस्नेतले विश्वास व्यक्त गरे।

उनले भने,“ भिभिआईपी र भिआईपी बिरामी परेमा नेपालमानै हुने उपचार नेपालमा उपचार नगराएर विदेश गएर उपचार गराएमा त्यसमा लाग्ने खर्च आफैँले व्यहोर्नुपर्छ ।”

साथै मन्त्री बस्नेतले पछिल्लो समय अस्पतालले गरेका राम्रा कामको प्रशंसा गर्नुभयो।साथै आगामी दिनमा पनि राम्रा काम गर्दै गएमा मन्त्रालयको पूर्ण साथ र सहयोग हुने बताए ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?