Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

भिभिआईपी र भिआईपीलाई नेपालमै उपचार गर्न स्वास्थ्यमन्त्रीको आग्रह


१२ श्रावण, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अति विशिष्ट र विशिष्ट व्यक्तिलाई बिरामी परे नेपालमै उपचार गर्न आग्रह गरेका छन्।

वीर अस्पतालको १३४ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै मन्त्री बस्नेतले वीर अस्पतालमा पाँच श्य्याको भिभिआईपी र भिआईपी वार्ड सच्चालनमा आएको भन्दै यस्तो आग्रह गरेका हुन्।

नेपालमानै गुणस्तरीय सेवा हुँदाहुँदै पनि अस्पतालमा भएका वार्ड २०४४ सालदेखि सञ्चालनमा नआएको उनले गुनासो गरे।

मन्त्री बस्नेतको पहलमा अस्पताल एउटा भिभिआईपी र दुईवटा भिआईपी कक्ष थपेर पाँच वटा शय्याको वार्ड सञ्चालनमा ल्याएको छ ।उक्त वार्ड सञ्चालनका लगि अस्पतालले १५ जना विशेषज्ञ चिकित्सकको टोली र नर्सिङ जनशक्ति छुट्याएको छ।

भिभिआईपी र भिआईपी बिरामी परेमा वीर अस्पताल वा स्वास्थ्य मन्त्रालयका सम्पर्क गर्न मन्त्री बस्नेतले अनुरोध गरे।उनले भने, “दुर्गममा सिटामोल खाने पैसा नहुने र नेपालमानै गुणस्तरीय सेवा हुँदाहुँदै पनि भिभिआईपी र भिआईपीहरु सामान्य उपचार गर्न पनि विदेश गएर देशको ढुकुटी खतम बनाउने भन्ने जनतामा आक्रोश छ।त्यसमा ध्यानमा राखेर वीरमा सेवा विस्तार गरेका हौँ ।”

वीर अस्पतालमा सयौं विशेषज्ञ दक्ष जनशक्ति भएको भन्दै विश्वमा हरेक कुनामा हुने स्वास्थ्य सेवा नेपालमानै सम्भव भएको मन्त्री बस्नेतले जिकिर गरे। यदि भिभिआईपी र भिआईपीले नेपालमा नै सेवा लिएमा अस्पतालमा भएको गुणस्तरीय सेवा र दक्ष जनशक्ति नेपालको सीप संसारले थाहा पाउने मन्त्री बस्नेतले विश्वास व्यक्त गरे।

उनले भने,“ भिभिआईपी र भिआईपी बिरामी परेमा नेपालमानै हुने उपचार नेपालमा उपचार नगराएर विदेश गएर उपचार गराएमा त्यसमा लाग्ने खर्च आफैँले व्यहोर्नुपर्छ ।”

साथै मन्त्री बस्नेतले पछिल्लो समय अस्पतालले गरेका राम्रा कामको प्रशंसा गर्नुभयो।साथै आगामी दिनमा पनि राम्रा काम गर्दै गएमा मन्त्रालयको पूर्ण साथ र सहयोग हुने बताए ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?