Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

उर्लाबारीमा खानेपानी योजना विस्तार गरिँदै


मोरङको उर्लाबारी नगरपालिकामा खानेपानी योजना विस्तार गरिँदै छ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले रु ३९ करोडको लागतमा उक्त योजना अगाडि बढाएको हो । सबै नागरिकसमक्ष शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यका साथ उर्लाबारी–८ र ९ मा बृहत् सहलगानी योजनाअन्तर्गत खानेपानी योजना विस्तार थालिएको खानेपानी संस्थानका अध्यक्ष चिन्तामणि पौडेलले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “उर्लाबारीमा खानेपानीको माग बढ्दो छ, मागलाई ध्यानमा राख्दै हाल ८ र ९ वडामा योजना विस्तार गरिरहेका छौँ, आगामी आर्थिक वर्षमा वडा नं २ मा ट्याङ्की निर्माण गर्छौं ।” सन् २०२७ सम्ममा उर्लाबारीका सबै वडामा खानेपानी विस्तार गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । उर्लाबारी खानेपानी संस्थानले हाल वडा नं १, ३, ४, ५, ६ र ७ का साथै दमक–१० का केही भागमा खानेपानी वितरण गर्दै आएको छ ।

हाल उर्लाबारी ८ र ९ मा पाइप बिच्छ्याउने काम भइरहेको संस्थाले जनाएको छ । योजना विस्तारपछि वडा नं ८ र ९ का गरी २० हजारभन्दा बढी उपभोक्ता लाभान्वित हुनेछन् । विसं २०५२ मा उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी योजना अघि बढाएको थियो ।


प्रकाशित मिति: २५ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?