Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

तिनपिप्लेको पहिचान मास्ने पाँचखाल नगरको निर्णय विरुद्ध विभागमा उजुरी


११ ,श्रावण ,काभ्रेपलान्चोक । दुर्घटना नियन्त्रण गर्न भन्दै पाँचखाल नगरपालिका ६ तिनपिप्लेमा रहेको ऐतिहासिक वरपिपलको रुख मास्न लागिएपछि यसको चौतर्फी विरोध भएको छ ।

पाँचखाल नगरपालिकाले तिनपिप्लेको घुम्तीमा रहेको वरपिपलको रुखसमेत मासिनेगरी सडक विस्तार गर्न लागेपछि सम्पदा संरक्षणका अभियन्ता श्रीकृष्ण धिमाल पुरातत्व विभाग पुगेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकारलाई पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्ने दायित्व प्रदान गरेको छ । तर, सडक विस्तारको नाममा पुरातात्विक चौतारो र वरपिपलको रुख मास्न लागिएपछि धिमालले पुरातत्व विभागमा प्राचिन चौतारो र वरपिपल बचाउन निवेदन दिएका छन् ।

धिमालले तिनवटा पिपल वृक्षबाट नामाकरण भएको तिनपिप्लेको इतिहास नामेट पार्न पाँचखाल नगरपालिकाका जनप्रतिनिधिहरु लागिरिेको आरोप लगाउँदै वरपिपल र चौतारो संरक्षणका लागि आवश्यक कार्बाही गर्न विभागसँग माग गरेका छन् ।

धिमालको निवेदनपछि आजै पुरातत्व विभागले स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरलाई पत्र पठाउँदै यसबारे के भएको हो स्थलगत निरिक्षण गरी प्रतिवेदन पेश गर्न भनेको छ ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?