Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

तिनपिप्लेको पहिचान मास्ने पाँचखाल नगरको निर्णय विरुद्ध विभागमा उजुरी


११ ,श्रावण ,काभ्रेपलान्चोक । दुर्घटना नियन्त्रण गर्न भन्दै पाँचखाल नगरपालिका ६ तिनपिप्लेमा रहेको ऐतिहासिक वरपिपलको रुख मास्न लागिएपछि यसको चौतर्फी विरोध भएको छ ।

पाँचखाल नगरपालिकाले तिनपिप्लेको घुम्तीमा रहेको वरपिपलको रुखसमेत मासिनेगरी सडक विस्तार गर्न लागेपछि सम्पदा संरक्षणका अभियन्ता श्रीकृष्ण धिमाल पुरातत्व विभाग पुगेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकारलाई पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्ने दायित्व प्रदान गरेको छ । तर, सडक विस्तारको नाममा पुरातात्विक चौतारो र वरपिपलको रुख मास्न लागिएपछि धिमालले पुरातत्व विभागमा प्राचिन चौतारो र वरपिपल बचाउन निवेदन दिएका छन् ।

धिमालले तिनवटा पिपल वृक्षबाट नामाकरण भएको तिनपिप्लेको इतिहास नामेट पार्न पाँचखाल नगरपालिकाका जनप्रतिनिधिहरु लागिरिेको आरोप लगाउँदै वरपिपल र चौतारो संरक्षणका लागि आवश्यक कार्बाही गर्न विभागसँग माग गरेका छन् ।

धिमालको निवेदनपछि आजै पुरातत्व विभागले स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरलाई पत्र पठाउँदै यसबारे के भएको हो स्थलगत निरिक्षण गरी प्रतिवेदन पेश गर्न भनेको छ ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?