Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

पार्टीलाई निर्णय गर्दा प्रक्रिया पूरा गरियोस्, नत्र गुनासोबाहेक केही हुन्न : नेता सिंह


५ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधानअनुसार अगाडी बढाए कांग्रेसले आगामी दिनमा आउने चुनौती सामना गर्न सक्ने बताएका छन् । उनले कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै जनताको विश्वास जित्ने विषयमा पार्टीको ध्यान पुग्नुपर्ने धारणा राखे । पार्टीले निर्णय गर्दा प्रजातान्त्रिक प्रक्रिया पूरा गर्नुपर्ने भन्दै उनले त्यसो नगरि गुनासो बाँकी रहिरहने बताए ।
काङ्रेस बैठकले जनतालाई के दिने ? भन्ने बारे पनि बैठकले बोल्नुपर्ने उहाँको भनाई थियो ।

‘पार्टी विधान नियमअनुसार चल्नुपर्छ भन्ने कुरा आएको छ । यो त मैले १०औं महाधिवेशनदेखि भन्दै आएको छु । कार्यकताृलाई चित्तबुझ्ने ठाउँमा पुर्याउने हो भने पार्टी विधानअनुसार चलाउनुपर्छ ,’ उनले भने, ‘ राम्रो पर्फमेन्स गर्ने, जनता र कार्यकर्तालाई चित्त बुझ्ने अवस्थामा पुर्याउने हो भने पार्टीलाई विधानअनुसार चलाउनुपर्छ ।’ उनले पार्टीमा समस्या भयो भनेर मात्र नहुने भन्दै अब विधानले निर्देशित गरेका सबै काम गरेर अघि बढे समस्या समाधान हुने पनि बताए ।

०४६ अगाडी र पछाडीको पुस्तामा फरक रहेको पनि उनले बताए । ०४६ पछि जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने मान्यता हाबी हुँदा मूल्य मान्यताको राजनीति कमजोर बनेको सिंहको भनाई थियो । त्यस्तै उनले स्थानीय तह, प्रदेश र संघमा पार्टीबाट निर्वाचितहरुबाट संगठनमा के भयो ? भन्दै प्रश्न पनि गरे । चुनावमा जाँदा बनाएको घोषणापत्रअनुसार काम नभएकोतर्फ पनि सिंहले ध्यानाकर्षण गराए । पार्टीबाट बनेका जनप्रतिनिधि र पार्टी संरचनाबिचको समन्वयमा पनि उनले जोड दिए ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?