Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न निर्देशन


२ ,श्रावण ,चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले यहाँका ठूला चार अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन् ।

अस्पतालले पार्किङ शुल्क लिने गरेको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका जिम्मेवार व्यक्तिलाई टेलिफोन गरी निर्देशन दिएका हुन् । मन्त्री जोशीले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री जोशीले भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल, चितवन मेडिकल कलेजकाका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटा, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका प्रशासकीय अधिकृत हिमनाथ घिमिरे र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पातलका अध्यक्ष डा विजय न्यौपानेलाई टेलिफोन सम्पर्क गरी पार्किङ निःशुल्क गर्न भनेका हुन् ।

अस्पतालमा आउने बिरामी र आफन्तसँग पार्किङको नाममा लिइने शुल्कका विषयमा जनगुनासो बढेकाले मन्त्रालयले यस्तो निर्देशन गरेको मन्त्री जोशीको भनाइ छ ।

शुल्क लिने व्यवस्था हटाइ सवारीसाधनको सुरक्षा अस्पतालले गर्नुपर्ने उनको भनाइ छ । मन्त्रालयले असार १५ गते नै सबै अस्पताललाई निर्देशन गरेको भन्दै उनले साउन महिनाबाटै यसको कार्यान्वयन गर्न सबैलाई आग्रह गरे ।

कतिपय अस्पातलले बिरामी र तिनका आफन्तबाट पार्किङ शुल्क लिँदै आएका छन् ।


प्रकाशित मिति: २ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?