Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

न्यायाधीश नियुक्तिमा प्रयासरत छु : प्रधानन्यायाधीश कार्की


३१ असार, काठमाडौं ।  सर्वोच्च अदालतमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानन्यायाधीश कार्कीले, समयमै न्यायधीस नियुक्त गर्न नसकिएको गुनासो गरेका हुन् । अहिले हुन नसकेको कुरा छ त्यो के हो भने हामीले वास्तवमा न्यायधिशको समयमा नियुक्ति गर्न सकिरहेका छैनौ । समयमा न्यायाधीश नियुक्ति हुन नसक्दा धेरै नै समस्याहरू भइरहेको छ ।

संविधानले नै खालि हुनुभन्दा एक महिना अगाडि न्यायाधीशहरुको नियुक्तिको सिफारिस गर्नुपर्छ भन्ने व्यवस्था राखेको छ । त्यसको पनि कार्यान्वयन गर्न सकेको अवस्था छैन । त्यसलाई हामीले कडाइका साथ पालना गर्ने र खालि हुनु एक महिना अगाडि नै न्यायधिशको सर्वोच्च र उच्च अदालतमा नियुक्त गर्ने व्यवस्थालाई लागू गर्न सक्नु पर्छ ।

वस्तु निष्ठताका आधारमा न्यायाधीश नियुक्त हुनुपर्नेमा समेत जोड दिएका उनले अझै पनि न्यायशीय नियुक्तिमा प्रयास गरिरहेको बताए ।

‘अझै पनि समय छ, न्यायाधीश नियुक्तिमा प्रयासरत छु ।’ उनले भने । सर्वोच्च अदालतमा ७ जना तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाली हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार एक एक महिना अगाडि नै सिफारिस हुनुपर्ने हो । तर अहिलेसम्म न्याय परिषद्को बैठक बस्न सकेको छैन ।


प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?