३१ असार, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएकोनिगमले जनाएको छ ।
नयाँ मूल्यसूचीपछि पनि आयल निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । भारतीय आयल कर्पोरेसनले निगमलाई १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आए पनि सो अनुसार नेपालमा मूल्य समायोजन गर्नुपर्नेमा निगमले समायोजन गरेको छैन ।
प्रकाशित मिति: ३१ असार २०८०, आईतवार