Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन थाल्योः अध्यक्ष ओली


२९,असार ,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताउनु भयो । उहाँले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै शतर्क हुनुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभावी बोल्नेहरुसँग रमाउन थालेको बताउनु भयो । उहाँले आदिकवि भानुभक्त आचार्यको योगदान कुनैपनि कुराले कमजोर हुन नसक्ने बताउनु भयो । उहाँले समाजमा अहिले भक्ति रस र नैतिकता हराउँदै गएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एउटा रामायण मात्रैको अनुवादले पनि भानुभक्तले नेपाली समाजमा लगाएका गुन धेरै छन् । एउटा समाजलाई स्थितिमा मूल्य, नैतिकतामा बाँध्नका लागि प्रयास गरेको देखिन्छ । त्यसमा भक्तिरसतर्फ समाजलाई डो¥याउने कुराले राज्य कमजोर भएका बेला अहिले राज्य त्यस बेलाको भन्दा मजबुत छ तरपनि भक्ति रस पनि भंग भयो, नैतिक रस पनि छैन । भक्ति पनि समाप्त भयो भगवानसँग पनि डराउन छोड्यो मान्छे, नैतिकता पनि गुमायो, त्यसले अलि भद्रगोल, अराजकता, जथाभावी बोल्के कुरा, सत्य नचाहिने, असत्य बोल्दा आनन्द मान्ने, असत्यको बाटो अवलम्वन गर्दा गौरव गर्ने, झुट बोल्न पाउँदा, अर्कालाई पीडा दिन पाउँदा, आनन्द मान्ने परपीडक प्रवृत्ति बढेको छ । यस्तो परपीडक भन्दा कसैलाई पीडा नदिने खालको प्रवृत्ति नै ठिक हुन्छ । उनको योगदान कुनैपनि कुराले कमजोर हुनसक्दैन, उनको योगदानको अवमूल्यन गर्न सकिँदैन, घटाएर हेर्न सकिँदैन । कतिपयले अंश कटाएर के प्रशारण गर्छ, के बोलेको देखाउँछ, एउटा अंशमात्रै बोलेको देखाउँदा त्यो अनर्थ पनि लाग्नसक्छ । अहिले नेपाली समाजको एउटा पक्ष परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण तरिकाले अवलम्वन गर्ने, अलिक सामाजिक मूल्यबाट विचलित भएको छ । त्यो चिन्ताको विषय हो । जसलाई आज हामीले सांस्कृतिक हिसावले, हाम्रो सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् समाज भनेर हामी सबै शतर्क हुनुपर्ने आवश्यकता छ ।’


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?