Trending
>>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

कृषि विकास बैंकद्वारा साझा यातायात सहकारीलाई ५ लाख आर्थिक सहयोग हस्तान्तरण


२८ असार, काठमाडाैँ । कृषि विकास बैंक लिमिटेडले साझा यातायात सहकारी संस्था लिमिटेडलाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सहकारी संस्थालाई ५ लाख सहयोग गरेको हो ।

पुल्चोक ललितपुरस्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले संस्थाका महाप्रबन्धक महेन्द्र पाण्डेलाई पाँच लाख रूपैयाँको चेक हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा उपमहाप्रबन्धक सुबेदीले बैंक र साझा यातायातबीत्र सुमधुर सम्बन्ध रहेको र पछिसम्म रहने विश्वास व्यक्त गरे ।

त्यसैगरी, सहकारी संस्थाका महाप्रबन्धक पाण्डेले बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको आदान प्रदान भइरहने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा बैंकको सञ्चालन तथा बजार व्यवस्थापन विभागका विभागीय प्रमुख मिनराज पोखरेल, निक्षेप व्यवस्थापन विभागका विभागीय प्रमुख घनेन्द्र अधिकारी, शाखा कार्यालय लगनखेलका प्रबन्धक नारायण आचार्य, वरिष्ठ शाखा अधिकृतद्वय शान्तिराम भट्टराई तथा ऋद्धी ठाकुर र संस्थाका लेखा प्रमुख सुनिल श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?