Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

कृषि विकास बैंकद्वारा साझा यातायात सहकारीलाई ५ लाख आर्थिक सहयोग हस्तान्तरण


२८ असार, काठमाडाैँ । कृषि विकास बैंक लिमिटेडले साझा यातायात सहकारी संस्था लिमिटेडलाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सहकारी संस्थालाई ५ लाख सहयोग गरेको हो ।

पुल्चोक ललितपुरस्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले संस्थाका महाप्रबन्धक महेन्द्र पाण्डेलाई पाँच लाख रूपैयाँको चेक हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा उपमहाप्रबन्धक सुबेदीले बैंक र साझा यातायातबीत्र सुमधुर सम्बन्ध रहेको र पछिसम्म रहने विश्वास व्यक्त गरे ।

त्यसैगरी, सहकारी संस्थाका महाप्रबन्धक पाण्डेले बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको आदान प्रदान भइरहने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा बैंकको सञ्चालन तथा बजार व्यवस्थापन विभागका विभागीय प्रमुख मिनराज पोखरेल, निक्षेप व्यवस्थापन विभागका विभागीय प्रमुख घनेन्द्र अधिकारी, शाखा कार्यालय लगनखेलका प्रबन्धक नारायण आचार्य, वरिष्ठ शाखा अधिकृतद्वय शान्तिराम भट्टराई तथा ऋद्धी ठाकुर र संस्थाका लेखा प्रमुख सुनिल श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?