Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

कट्टु लगाएर सिडिओ कार्यालय छिरेको अभियोगमा दुई युवक पक्राउ


२६ ,असार ,काभ्रे । कट्टु (हाफ पाइन्ट) लगाएर धुलिखेलस्थित काभ्रेपलाञ्चोकको सिडिओ कार्यालय छिरेका तीन युवक पक्राउ परेका छन् । राहदानी बनाउन गएका भनिएका ती युवकको अमिल्दो पोशाक र होहल्लाका कारण नियन्त्रणमा लिइएको बताइएको छ ।

‘अस्ति बिहान पौने १२ बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको हो,’ जिल्ला प्रशासन कार्यालय स्रोतले बतायो । काभ्रेको चौरी देउराली गाउँपालिका ४ का केशवप्रसाद गौतमका २७ वर्षे छोरा सुरज गौतम, नमोबुद्ध नगरपालिका ७ का राजकुमार श्रेष्ठका १६ वर्षे छोरा रेजियन श्रेष्ठ पक्राउ परेका हुन् ।

उनीहरुले काम ढिलो भएको भन्दै हल्ला गरेपछि प्रहरीले कार्यालयभित्र कट्टु लगाएर आएको आरोप लगाएको थियो । आफूहरुले सम्झाउँदा पनि नमानेको र प्रमुख  जिल्ला अधिकारी पुण्य विक्रम पौडेलसँग मुखमुखै लागेपछि नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ ।

जिल्ला प्रशासनभित्र भिडियो खिचेको, कट्टु लगाएर सरकारी कार्यालयमा प्रवेश गरेको र होहल्ला गरेको आरोपमा नजिकैको जिल्ला प्रहरी कार्यालय पुर्याइएको बताइएको छ ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?