Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कट्टु लगाएर सिडिओ कार्यालय छिरेको अभियोगमा दुई युवक पक्राउ


२६ ,असार ,काभ्रे । कट्टु (हाफ पाइन्ट) लगाएर धुलिखेलस्थित काभ्रेपलाञ्चोकको सिडिओ कार्यालय छिरेका तीन युवक पक्राउ परेका छन् । राहदानी बनाउन गएका भनिएका ती युवकको अमिल्दो पोशाक र होहल्लाका कारण नियन्त्रणमा लिइएको बताइएको छ ।

‘अस्ति बिहान पौने १२ बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको हो,’ जिल्ला प्रशासन कार्यालय स्रोतले बतायो । काभ्रेको चौरी देउराली गाउँपालिका ४ का केशवप्रसाद गौतमका २७ वर्षे छोरा सुरज गौतम, नमोबुद्ध नगरपालिका ७ का राजकुमार श्रेष्ठका १६ वर्षे छोरा रेजियन श्रेष्ठ पक्राउ परेका हुन् ।

उनीहरुले काम ढिलो भएको भन्दै हल्ला गरेपछि प्रहरीले कार्यालयभित्र कट्टु लगाएर आएको आरोप लगाएको थियो । आफूहरुले सम्झाउँदा पनि नमानेको र प्रमुख  जिल्ला अधिकारी पुण्य विक्रम पौडेलसँग मुखमुखै लागेपछि नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ ।

जिल्ला प्रशासनभित्र भिडियो खिचेको, कट्टु लगाएर सरकारी कार्यालयमा प्रवेश गरेको र होहल्ला गरेको आरोपमा नजिकैको जिल्ला प्रहरी कार्यालय पुर्याइएको बताइएको छ ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?