Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी


२४ असार ,जाजरकोट । कृषि क्षेत्रमा सुधार गर्नका लागि सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी देखिएको छ । यहाँका विभिन्न पालिकाभित्र जोन, पकेट र ब्लक क्षेत्रमा परियोजना सञ्चालित छ ।

ती क्षेत्रमा भएको समीक्षाबाट परियोजनाले किसानको समस्या हल भएको पाइएको हो । परियोजना जाजरकोटका प्रमुख दीपेन्द्र पोखरेलले किसानको जीवनस्तर माथि उकास्न परियोजना प्रभावकारी भएको बताए ।

पालिकाका कृषि शाखा प्रमुखबाट जनताले गरेका अपेक्षाका बारेमा जानकारी लिई भएका कामको सो अवसरमा समीक्षासमेत गरिएको छ । कार्यालयले ८६ दशमलव ४३ प्रतिशत काम भई लक्ष्य नजिक पुगेको उनले बताए ।

यसमा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटतर्फ बाख्रा ब्लक विकास कार्यक्रमअन्तर्गत ९५ दशमलव २४ प्रतिशत, सम्पूर्ण स्थानीय तहअन्तर्गत पकेट विकास कार्यक्रममा ८७ दशमलव ०९ प्रतिशत, जोन विकास कार्यक्रमतर्फ ८२ दशमलव चार प्रतिशत र कृषि विकास कार्यालय जाजरकोटबाट सञ्चालित विभिन्न ब्लकमा (तरकारी, स्याउ, ओखर र मकै) ब्लक विकास कार्यक्रमअन्तर्गत ८१ दशमलव आठ प्रतिशत प्रगति भएको परियोजना प्रमुख पोखरेलले बताए ।

जिल्लामा यो कार्यक्रम लागू भएपछि हालसम्म १६ हजार सात सय ५४ जनाले प्रत्यक्ष रोजगारी पाएको र यो आर्थिक वर्षमा मात्र एक हजार सात सय ९० जनाले रोजगारी पाएको कार्यालयले जनाएको छ । कार्यालयले चारवटा विभागमध्ये तीनवटा (जोन, पकेट र ब्लक) विभाग चालु अवस्थामा रहेको बताएको छ ।

जोनअन्तर्गत सुन्तला जोन जिल्लाका सातवटा स्थानीय तहमध्ये चार स्थानीय तहमा कार्यान्वयनमा रहेको छ भने त्यस्तै ओखर जोन पाँचवटा स्थानीय तहमा र मौरी जोन तीनवटा स्थानीय तहमा कार्यान्वयनमा रहेको छ । उक्त कार्यक्रमबाट पाँच सय घरधुरीलाई सेवा प्रदान गरिएको कार्यालयको दाबी छ ।

आव २०७९/८० मा सुन्तला जोनतर्फ पाँच मेट्रिक टन क्षमताका तीनवटा सेलार स्टोर निर्माण भई सञ्चालनमा आएसँगै सर्वसाधारण किसानलाई सहयोग पुगेको छ । छेडागाड नगरपालिका–१०, कुशे गाउँपालिका–८ र नलगाड नगरपालिका–३ मा सेलार स्टोर निर्माण भई कृषकले उत्पादन गरेका सुन्तलालाई सुरक्षित गर्न सहयोग पुगेको कार्यालयका कृषि प्राविधिक धरम चन्दले बताए ।

जुनिचाँदे, बारेकोट, नलगाड र कुशेमा ओखर जोनतर्फ २१ वटा साना सिँचाइ निर्माण भएका छन् । त्यस्तै नौ ठाउँमा रहेका बगैँचामा थोपा सिँचाइ निर्माण भएको उनले जानकारी दिए ।

मौरी जोनतर्फ छ समूह/सहकारी/फार्मलाई मौरीका विभिन्न आधुनिक सामग्री वितरण गरी मह उत्पादनमा आधुनिकीकरणमा जोड दिइएको उनले बताए । परियोजना लागू भएसँगै जिल्लामा सुन्तला, ओखर र मौरीपालक किसानलाई राहत पुगेको नलगाड–३ का किसान तुले थापाले बताए ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?